Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोत्कृष्ट करदाता शाह, बढी कर बुझाउने कम्पनीमा फेरि सूर्य नेपाल

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो। व्यक्तिगत आयतर्फ जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाह सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन्। उनलाई सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको छ। विभागले सूर्य नेपाल प्रालिलाई फेरि सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ। नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ। त्यस्तै शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ। राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ। ओसीबी फुड्स प्रालि कृषि एवं पशुपन्छी आयकरदाता बनेको छ। छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता र नबिल बैंक तथा वित्तीय संस्थातर्फको ठूलो आयकरदाता बनेको छ। पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेका छन्। बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज रहेको छ। मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट घोषित भएका छन्।