Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सलमान खान बैशाख ३ गते काठमाडौं आउने, रंगशालामा कार्यक्रम

काठमाडौं । एक सांगीतिक कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खानसहितको टोली काठमाडौं आउने भएको छ । ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका कलाकारलाई बैशाख ३ गते काठमाडौं ल्याउन लागेको हो । ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले दिएको जानकारीअनुसार उक्त मितिमा दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमानसहितका भारतीय कलाकारलाई ल्याउन लागिएको हो । ती कलाकारलाई सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ ।
यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकारले काठमाडौंमा दबंग रिलोडेड कार्यक्रममा भाग लिने जनाइएको थियो तर, विवादले उक्त कार्यक्रम स्थगित भयो । सोही सम्झौताअनुसार अब भने सलमान आउने पक्का भएको हो । सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार आउनेछन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल