Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रका एसपी साउद र डिएसपी गिरीको चमत्कार

काठमाडौं । आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भन्ने उखान सुरक्षा फौजको आन्तरिक संरचना सुदृढ बनाउने कुरामा मेल खान्छ । आफ्नै पदको अवधि घटाउने र संगठनभित्रको संरचना चुस्त बनाउन लामो समयसम्म रोकिएको बढुवा खुलाएर अन्यायमा परेकाहरूलाई न्याय दिलाएका आईजीपी राजु अर्याल २० नम्बर गणका एसपी पूर्ण साउदको जागिरको समय २० महिना हुँदासम्म सोही ठाउँमा रहने कला के रहेछ, शंका छ । जबकि साउद भदौमा ३० वर्षे लागेर घर जाने अधिकृतमा पर्छन् । छोटो समय अवधि भएकालाई प्रमुख बनाइँदैन । सशस्त्रको पोलिसीमा एक वर्षमा प्रत्येक हाकिम सरुवामा पर्छन् । तर १३ महिनासम्म कार्यदलका एसपीहरूको सरुवा भएको छैन । छट्टु साउदको राजनीतिमा पहुँच भनेको नेकपा एमालेका नेता डा. भीम रावल हुन् । उनी आर्थिक प्रशासन र प्रबन्धकमा रहँदा बदनाम थिए । निरीक्षक डिएसपी पदमा रहँदा साउदको बदनामी चरम थियो । तर पहुँचकै कारण जोगिए । आईजीपी राजुलाई दाई नाता लगाएर भाइको कमाल चम्काउँदा साउदसँग रिस गर्ने धेरै छन् ।
सशस्त्रको अस्पतालमा लुट चम्काएर केन्द्रीय लेखामा आएका डिएसपी सुदन गिरीलाई आईजीपीले चाहेर ल्याएका थिएनन् । परिबन्दले लेखा समूहका डिएसपीको सरुवामा गिरी केन्द्रमा आएका हुन् । एमाले नेता विष्णु रिमालसँगको सम्बन्ध र आईजीपी गोलढुंगा बासी आफू नुवाकोटबाट बसाई गरेर रामकोटको स्थायी बासिन्दा भएकाले सशस्त्रभित्रको गञ्जागोलमा रमाउन उनलाई सहज भएको हो । नुवाकोटकै निवासी पूर्व आईजीपी पुष्पराम केसी मार्फत् अर्याल भ्याली डिआईजी र सशस्त्रको प्रवक्ता हुँदा गिरी जोडिएका थिए । त्यही बेलाबाट अर्यालको कमाण्डका एकाउन्टेन्ट गिरीको चाल आईजीपी श्रीमती र बाबुको सेवक बन्नु भयो । केन्द्रको लेखामा एसपी कमाण्डर छन् । सबै हात तिनै गिरीकै हुन्छ । हप्तामा एकचोटी आईजीपीका पिता भेट्न फलफुल बोकेर गोलढुंगा पुग्नु आईजीपी काममा हिँडेपछि भावीको दर्शन गर्न क्वार्टर पुग्नु समस्या केही छन् कि भावि भन्नु एकाउन्टटेन्ट गिरीको बहादुरी हो । राजनीतिमा फरियावाद चर्चित हुने गर्छ । त्यही फरियावादको साथमा फौजी समूहको आन्तरिक ऐन कानुनलाई चमेराहरूले रिगाउने गर्छन् । साउद र गिरी त्यही कोटीका हुन् । यहाँ डिएसपी प्रदीप थापा पनि जोडिएका छन् ।
सरकारले सीमा क्षेत्रबाट राजश्व बढाउन दिएको जिम्मेवारी पूरा गर्न आईजीपी अर्याल र सीमा एआईजी पौडेलले पालो गरेर मधेश भ्रमण गरेका थिए । तर नेतृत्व निष्ठामा भए पनि छट्टुहरूले दाउ रच्दा संस्थागत बदनामी पनि सहनु पर्छ । नेपाल प्रहरीले राम्रो गर्दा गर्दै मधेशका एसपी र डिएसपी फिर्ता ग¥यो । आफ्नै पद घटाएर संस्थागत सुधार गर्न जसरी सशस्त्रका आईजीपी लागेका छन् । त्यो काम सफल बनाउने दायित्व तत नेतृत्वको हो । चाकडीबाजहरूले जसरी पनि आफ्नो दुनो सोझ्याएका हुन्छन् । यही बेला सशस्त्रको बलम्बुस्थित गोदाममा आगो लाग्दा संस्थागत रूपमा कुरा काट्ने बढेका छन् । सशस्त्रले एआईजीपी वंशी दाहाललाई जिम्मेवारी दिँदा गृहमन्त्रालयले छुट्टै छानविन समिति बनाएर सशस्त्रको छानविनमा काँडो बनेको छ । आगलागीबाट भएको क्षति विवरण पूरा आएको छैन । हलचोकको गोदाम भूकम्पले भत्काउँदा बलम्बुमा सरेको हो ।