Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रका चार डिआइजीको एक वर्ष म्याद थप प्रस्ताव

काठमाडौं। सशस्त्र प्रहरीका चार डिआइजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम गृहमन्त्रालयमा प्रस्ताव पठाएको हो। सो प्रस्तावलाई गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदमा लैजाने बताइएको छ। सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले गत साता नै गृहमन्त्रालयमा म्याद थपको प्रस्ताव लगेका थिए। सशस्त्र प्रहरीका डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शभ्भु सुवेदीको म्याद थप लागि मन्त्रिपरिषदमा प्रस्ताव गएको हो। आउँदो मन्त्रिपरिषदबाट उनीहरुको म्याद एक वर्ष थपिने बताइएको छ। उनीहरुमध्ये सुवेदी आइजीपी राजु अर्यालका ब्याची भएकाले एक वर्षभित्रै घर जाने छन् भने त्यसमध्येका गिरी र ठाडामगर र नेम्वाङले भने संगठन प्रमुखकको रुपमा दावेदार हुनेछ। तीन जना नै पूर्वका भएकाले उनीहरु राजनीतिक शक्तिमा कमजोर छैनन्। यसपल्ट म्याद थप भने गिरीभन्दा ठाडा अलि बढी नै दौडधुप गरिरहेको स्रोतको दावी छ। सशस्त्र प्रहरी नियमावली अनुसार उनीहरुको डिआइजीको पदावधि चार वर्ष र संगठनले आवश्यक ठानेमा थप एक वर्ष थप्ने सकिने प्रावधानलाई टेकेर म्याद थपको प्रस्ताव गरिएको हो। हाल सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक ९डीआईजी० को पदावधि चार(चार वर्ष रहेको छ। सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो। नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक आईजीको पदावधि पाँच वर्ष रहेको थियो। तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए। तर अहिले क्षमता भएका र नभएका सबैलाई म्याद थपका लागि प्रस्ताव गरिएको स्रोतको दावी छ। सशस्त्र प्रहरी मूख्यालयले चार जनाकै म्याद थपकालागि गृहमन्त्रालय पठाएपछि गृहसचिव गोकर्णमणि दुवाडीले त्यसलाई निर्णयार्थ गृहमन्त्री रमेश लेखकलाई बुझाएको र लेखकले मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको स्रोतको दावी छ। सशस्त्र प्रहरीमा अहिले चार जनाको म्याद थपको प्रस्तावलाई भावी आइजीपीसँग जोडेर हेर्न थालिएको छ। उनीहरु मध्ये अहिले कमल गिरी सबैभन्दा अघि रहेका छन्।