Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रका विभाग प्रमुख फेरिए

काठमाडौं । संगठन सुदृढीकरणमा जोड दिँदै आएको अर्थ सैनिक बल सशस्त्र प्रहरीले संगठनका एआईजीहरुको कार्यक्षेत्र परिवर्तन गरेको छ । फौजमा कुनै पनि हाकिम वा जवानको अवधि न्युनतम एक वर्ष रहने प्रावधान रहे पनि सशस्त्र प्रहरीका एआईजीहरु भने एक वर्ष भन्दा बढी अवधि एउटै कार्य विभागमा रहेको अवस्था थियो । यसअघि प्रशासनमा रहेका एआईजी नारायणदत्त पौडेल सीमा विभागमा गएका छन् भने कार्य विभागमा रहेका एआईजी चन्द्रप्रकाश गौतम प्रशासनमा पुगेका छन् । त्यसैगरी सीमा विभागमा रहेका वंशी दाहाल कार्य विभागमा पुगेका छन् । प्रतिष्ठानका लागि एआईजी पदको माग गरिरहेको सशस्त्र प्रहरीले विभागीय मन्त्रालयबाट सहयोग पाए पनि आर्थिक अभाव देखाएर अर्थ मन्त्रालयले एआईजीको दरबन्दी थप गर्न मानिरहेको छैन । राजश्व बढाउनका लागि सीमा सुरक्षा शक्तिलाई क्रियाशील बनाउन संसदका समितिदेखि मन्त्रीहरुको चेम्बरसम्म बहस चलिरहेको समयमा अर्धसैनिक बलभित्र आवश्यक जनशक्तिको अभाव हुनु सरकारकै निम्ति पनि सहज अवस्था होइन । सरकारले सीमा क्षेत्रलाई जोड दिँदै आएको अवस्थामा अर्धसैनिक फौजलाई नै सीमा सुरक्षाको जिम्मा दिएपछि त्यो शक्तिको आवश्यकता पूरा गर्ने दायित्व सरकारले लिनुपर्दछ । तर सशस्त्र प्रहरीले सरकारी तहबाट कार्यक्षेत्र थप पाएको छ, जनशक्ति भने पाएको छैन ।


सम्बन्धित समाचार