Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

रुपन्देही । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भैरहेको छ । शुक्रबार साँझ भएको घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको थियो ।
बाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं। को ट्रक अनियन्त्रित हुँदै दुर्घटनामा परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । स्थानीयबासीले भने सशस्त्र प्रहरी सवार ट्रकको लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।