Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रको सक्रियताले अपराध नियन्त्रण

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट मंसीर ३ गते एपीएफ टोलीले करीव दुई लाख ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट मंसीर ३ गते एपीएफ टोलीले करीव पाँच लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपति नगरबाट मंसीर ३ गते एपीएफ टोलीले करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका उक्त सामान सशस्त्र प्रहरी निरीक्षक पवन खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित हिलेबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाएको छ ।

यसैगरी, महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका १ स्थित रामनगरबाट कार्तिक ३ गते एपीएफ टोलीले पाँच बोतल एक्जीप्लोन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १४ बस्ने ३१ वर्षिय ओमप्रकाश साह र ३० वर्षिय राजेन्द्र ठाकुर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ग ३ प ५६४९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

उता, सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट कार्तिक ३ गते एपीएफ टोलीले तीन सय वटा नाईट्राभेट ट्याब्लेट र २० बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरिक्षक नविन खतिवडाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लागूऔषध भएको झोला फाली फरार भएका थिए ।