Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रमा ज्वाइँहरूको आतंक

सुदूरपश्चिमे गृहमन्त्री भएपछि सशस्त्रका ज्वाइँ एसएसपी दीपेन्द्र कुँवर जसरी पनि आफू अगाडिका दुईब्याचमाथि सत्ताको बञ्चरो प्रहार गर्दै डिआईजी बन्ने दाउमा छन् । उनलाई सघाउनेमा प्रशासनका कामु होम ज्ञवाली, समाज कल्याणका डिएसपी महेन्द्र हमाल घुँडा धसेर लागेका छन् । केन्द्रीय लेखाबाट डिएसपी गणेश मल्ल, अस्पतालको लेखामा जानु पर्ने तर ज्ञवाली, कुँवर र हमाल लगातार निरन्तर प्रबन्ध, प्रशासन र समाज कल्याणमा टिक्नुको कारण आईजीपी राजु अर्याल, प्रशासनका एआईजी वंशी दाहालले कार्य विभागका एआईजी नारायणदत्त पौडेल बताउन चाहँदैनन् । किनकि प्रहरी र सशस्त्रमा काँग्रेसी भाउजुको नाउ जोडेर दबदबाव खडा छ । सशस्त्रले लामो समयदेखि २ डिआईजी पद खाली राख्नु नै यस्तो दबदबा सहेको हो । एआईजी हुन्छु भन्दै पैसा बिना जिब्रो फड्कारेका डिआईजी किशोर प्रधान ५ वर्षे सेवा अवधि सकेर अवकाश लिएको पनि आज १४ दिन भयो । तर गृहमन्त्रालयले ३ जना प्रतिस्पर्धीमध्ये कान्छा प्रतिस्पर्धी ज्वाइँ भावि आईजीपी बनाउने योजनामा आलटाल गर्नुको कारण ऐन नियम मिच्ने छिद्र खोज्न थालेको छ । यो बढुवामा अघिल्लो दुई ब्याचलाई लोप्पा दिँदा बुढानिलकण्ठका ज्वाइँ दिपेन्द्र कुँवर पहिलो डिआईजी बन्ने दाउमा छन् । उनका लागि प्रबन्धसँग कारोबार गर्न रंगी विरंगीका ठेकेदार तयार छन् । बुढानिलकण्ठ गृहमा मात्र जोडिँदैन ओली सरकारका देशघाती निर्णय, जनघाती कदमको सहयात्री हो । काँग्रेस र एमालेले गृह लिँदा फौजी संरचनामाथि दलीय रंग दिन्छन् भन्ने कुरा अहिले मात्र होइन विगतमा पनि सुडान काण्डले चिनाएकै हो । कमिशन खान गोदाममा थन्क्याउने सामान खरिद गरिएकै कारण सतुंगलमा सशस्त्रको गोदाम खरानी भएको थियो । त्यो काण्ड प्रबन्ध, लेखा जो जसप्रति शंका गरिए पनि विद्युतीय गढबढीलाई दोष दिन सजिलो भयो । फौजी समूहलाई काम थप्ने जनशक्ति थप नदिने काँग्रेसी चरित्रलाई दीपेन्द्र कुँवरले मलजल गर्ने गर्दछन् । अहिले पनि बढुवा नभए पदबाट राजीनामा दिन्छु भन्ने धम्की बुढानिलकण्ठमा सभापति देउवा कुलायन डा. आरजु र जेठान भानु देउवालाई दिएको दाबी कुँवरको छ । जसका लागि गृहले ऐन कानुनको खिल्ली उडाउन पछि नपर्ने स्थिति छ । नेपाल प्रहरी प्रयोग गरेर उमेर पुगेका युवा युवतीको विवाह भएर कानुनी वैद्यता लिँदा पनि भारत पुगेर समेत दुःख दिने नेपाल प्रहरी समाजमा बदनाम छ । गृहमन्त्रीबो दबदबा थेग्न नसकेर आईजीपी बसन्त कुँवरले अपराध अनुसन्धानलाई प्रयोग गर्दा आफ्नै पदीय मर्यादा बिर्सेको आरोप सहेका छन् । सशस्त्रमा डिआईजी बढुवाका लागि दिपेन्द्र कुँवर कान्छो प्रतिस्पर्धी भए पनि पहिलो नम्बरमा पार्ने खेल हो यो आलटाल हो भने कृष्णराज पाठक, मनिष थापा, कृष्ण ढकाल, प्रदीप कँडेलमध्येमा को दोस्रो÷तेस्रो हुने हो निश्चित छैन ।


सम्बन्धित समाचार