Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रमा ठाडा मगर एआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीषक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए। गणेश ठाडा मगर कमल गिरीलाई उछिनेर एआईजीमा सिफारिस भएका हुन्। गिरी पहिलो नम्बरका डीआईजी हुन्। वैशाख २ गते सीमा सुरक्षा विकागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकास भएपछि सशस्त्र प्रहरीमा एउटा एआईजी पद रिक्त भएको थियो। गिरी र ठाडा मगरको लामो रस्साकस्सीपछि बिहीबार बढुवा टुंगो लागेको हो। एआईजी नबनेसँगै कमल गिरीसहित सँगै डीआईजीको पदावधि थप भएका कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी आगामी पुसमा अनिवार्य अवकास हुने भएका छन्।


सम्बन्धित समाचार

गगन र शेखरको यस्तो छ तयारी

२०८२ जेष्ठ १८

ताजा नेपाल

२८ एसएसपीको सरुवा

२०८२ जेष्ठ १८

ताजा नेपाल

हतास गृहमन्त्री क्रमशः गल्दै

२०८२ जेष्ठ १८

ताजा नेपाल