Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रमा बढ्यो चहलपहल

काठमाडौं । अर्धसैनिक बल सशस्त्र प्रहरीले एआईजीको दरबन्दी थप्न माग गरे पनि गृहले चासो नदिँदा आन्तरिक बढुवाको पहल शुरु भएको छ । त्यहाँ डिआईजीका २ जनाको बिदाईसँगै ३ डिआईजी दरबन्दी खाली हुनेछ । असारदेखिनै एक पद खाली थियो । ११ एसपी पद रिक्त सशस्त्रमा लेखा समूहबाट डिएसपी बन्न गणेश मल्लको पल्लाभारी छ । जहाँँ राजकुमार ढकाल पनि बढुवाका दाबेदार छन् । त्यहाँ कार्यसम्पादन राम्रो भएर पनि १६ वर्षसम्म एकै पदमा रहेको जमात ठूलो छ । गृहले आर्थिक पारदर्शीता र बेरुजु नियन्त्रणमा उत्कृष्ट ठानेर पुरस्कार पाउने संगठनले पुरस्कार दिलाएका राष्ट्रपतिबाट विभूषण पाएका १७ वर्ष ८ महिना निरीक्षक पदमै बिताएका गणेश मल्लहरू यो बढुवा प्रक्रियामा प्रतिस्पर्धी बन्नु नौलो होइन । किनकि उनको सेवा प्रवेश २०६१ मा निरीक्षकबाट भएको हो । निरीक्षक मल्लले लेखाको कमाण्ड गरेपछि बेरुजु फस्र्योटमा प्रगति भएको बताइन्छ । सशस्त्रमा साधारण उपसमूहतर्फ ५७ रिक्त छन् भने सिस ५ र ६ का निरीक्षक ५६ जना डिएसपी बढुवाको लाइनमा छन् । सिसं. ६ का ८५ निरीक्षकमध्ये १६ वर्षदेखि निरीक्षक रहेका ५६ जना डिएसपी हुनेछन् । सशस्त्रको यो बढुवा प्रक्रिया शुरु गरेको प्रशासनका डिआईजी नारायणदत्त पौडेलले बताएका छन् ।