Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फौजीमाथि सत्ता प्रहार आज चिन्ताको विषय बन्दैछ । प्रहरी त सरकारको खेलौना भयो । अब त्यो अर्ध सैनिक बल सशस्त्रमा वरिष्ठ म हुँ क्या वाद भन्ने भएन । विगतमा पनि कृष्णमोहन श्रेष्ठ, दोर्जे राई, श्यामभक्त थापा वरिष्ठ थिए । १४ दिने र २५ दिने आईजीपी पनि त्यहाँ भए । राज्य सत्ताको तुजुक तिनले प्रयोग गरे । लोकतन्त्र आउँदा र संसदीय कालको पेरिफेरिभित्र सशस्त्रमा यस्ता कुरा हुन्छन् । आईजीपी राजु अर्यालले त्यो कुरा बुझ्छन् । अब म वरिष्ठ हुँ भन्ने ठाउँ एआईजी नारायणदत्त पौडेललाई छैन । उनको प्रतिस्पर्धी जतिसुकै पछिको एआईजी भए पनि समय चिनरे साम, दाम, दण्ड प्रयोग गर्ने खडा छन् । सरकारका खञ्चुवाहरूले ऐन नियम हेर्दैनन् । थैलो हेर्छन् । अपराधमा सत्ता नै सरिक छ । ज्यूँदो मान्छे इँटा भट्टामा पोलेका बहादुरलाई काँग्रेसी न्यायालयले छूट दिन्छ । पापीका लागि कानुन मौन छ । धर्मले त्यस्तालाई डगाउँछ । त्यो सशस्त्रले कति बुझ्छ । अब थाहा हुन्छ । सशस्त्र प्रहरीमा एआईजी पदमा पूर्वको मगर गणेश ठाडा आउँदा रिस गर्ने धेरै छन् । जो आफू नेतृत्व लिएको मधेश प्रदेश र बागमतीमा उत्तम थियो संगठनले पुरस्कृत ग¥यो । तर मान्छेलाई त्यो पच्दैन । वरिष्ठ नै हुने भए ठाडा भन्दा सिनियर डिआईजी कमल गिरी एआईजी हुनुपथ्र्यो । यी दुवै जना सशस्त्रमा एक वर्षे कार्यकाल थपिएका अधिकृत थिए । सरकारले छनोट गर्ने उसको कामले हो । काँग्रेसका नेता ज्ञानेन्द्र कार्की पनि उही टेरामक्समा मोहन बस्नेत जस्तै डामिने पात्र थिए । देउवाले उनलाई बचाउँदा मोहनलाई फसाएको कुरा सशस्त्र भित्रका वरिष्ठहरूले बुझे हुन्छ । एमाले र काँग्रेसकाबीचको यो लेनदेन अख्तियार, निर्वाचन आयोग, अदालतका अबका नियुक्तिमा मात्र सीमित छैन । हिजो एमालेका मन्त्रालय, अर्थ, सूचना तथा सञ्चार, उद्योग बाणिज्य तथा आपूर्ति अन्तर्गका नियुक्ति हेरे हुन्छ । गृहअन्तर्गत प्रहरी, सशस्त्र र प्रम अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको नयाँ निर्देशकको छनोटमा समेत अब लडाइँ हुनै परेन । किनकि सरकारले सशस्त्रमा जस्तै कामको मूल्यांकन गर्दा देउवाका पुजारी पुत्र भन्दा टेकेन्द्र कार्की नै त्यहाँ अपरिहार्य बन्ने छन् । अब भिजिट भिसा प्रकरणका गृहमन्त्री रमेश लेखकका फुपुका छोरा भएर गुप्तचरमा भएन । सभापति शेरबहादुर देउवाको पुजारी पुत्रलाई क्षमता विहीन भए पनि अनुसन्धानको प्रमुख बनाउनुपर्छ भनेर सुदूरपश्च्मिका कुनै काँग्रेसी निस्कने छैनन् । सुदूरपश्चिमलाई रमेश लेखकले बदनाम गरेका छन् । किनकि जताको जत्था जहाँबाट खडा भए पनि फौजमा काम गर्ने क्षमता, योग्यता पारदर्शी चरित्र खोजिने रहेछ भन्ने कुरा सशस्त्रको एआईजी बढुवा सिफारिशनै प्रमाण हो । आईजीपी राजु अर्यालले बाध्यताले सन्दीप भण्डारी जस्तो करेप्टेड चरित्रलाई डिआईजी बनाएर जहाँ लुटतन्त्र छ त्यहाँ खटाउनु भनेको सशस्त्रमाथिे सत्ता दमनसँग भिजिट भिसाका लुटाहा गृहमन्त्रीको दबाव हो । हिजो यिनै लेखक गृहमन्त्री बन्दा बधाई दिन दौडने सुपका फौजी अधिकृतहरूको नाकमा आज आची लगाउने काम गृहमन्त्रीबाट भएको छ ।
झल्लु प्रचारात्मक आक्रमण
हिजो कृष्णमोहन ३ नम्बरमा थिए । प्रदीप समशेर र रामकाजी वान्तवा पहिलो र दोस्रो थिए । प्रदीप प्रहरीको आईजीपी भए । वान्तवाले सशस्त्रमा गएर संरचना बनाए । तर कृष्णमोहन आईजीपी भए । यो कार्य क्षमताकै विषय हो । रविराज थापा पहिलो एआईजी हुँदा वासुदेव ओली आईजीपी भए । उनी दोस्रो थिए । रोहित थापाले मौका पाएनन् । कृष्णकुमार तामाङ १९ महिना सिनियर डिआईजी थिए, तर दोस्रो दुर्जकुमार राई जनआन्दोलनको दमनकारी भएर पनि आईजीपी पड्काए । त्यो बेला रिषवदेव भट्टराई, जीवन थापाको एआईजीमा बढुवा भयो । पछिल्लो पटक पुष्पराम केसी, नारायणबाबु थापा, निराकर विक्रम थापा क्रमश थिए तर शैलेन्द्र खनाल एआईजी हुँदै आईजीपी भए । अहिले सशस्त्रमा वरियता मिचियो भनिँदैछ । जबकि आरधाभूत तालिममा सर्वोत्कृष्ट उनै गणेश ठाडा थिए । एसएसपीका पाँचौं नम्ब्रका कमल गिरी डिआईजीमा पहिलो हुनु राजनीतिक पहुँच हो । एकै दिनको समान अंक हुन्छ २ पटक कमाण्ड गरेको बाहिनीका प्रमुखले पुरस्कार दिलायो सबै सामु छर्लङ्ग छ । तर झल्लुहरूको स्वार्थगत प्रचारले सशस्त्रभित्र खैलाबैला मच्चाउन सहज होला वास्तविकता यही हो ।
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ ३०
ताजा नेपाल