Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रले थाल्यो दशगजामा गस्ती

काठमाडौं । राज्य सञ्चालकहरू ठिक भए भने राष्ट्र सेवकहरूमा निष्ठाको पालन र संगठानिक गरिमाबारे बोध हुन्छ । फौजी समूहका खरिदमा घोप्लाबाजी गर्ने अनावश्यक सामग्री थुपारेर राज्यलाई भार थप्ने काम विगतमा थुप्रै भएका छन् । फौजी समूह सशस्त्र र नेपाल प्रहरीले माओवादी नेतृत्व र गृहमन्त्रीको साथ पाए पनि नेपाली काँग्रेस र नेकपा एमालेलाई धर्म गुरु मान्नुको कारण यी दुवै संगठनमा पुगेका डिएसपी, एसपी, एसएसपी र डिआईजीसम्मका पात्र र प्रवृत्ति हिजो नेविसंघ र अखिलले राजनीतिमा खेलाएका कार्यकर्ता हुन् । सरकारले आवश्यकताका आधारमा सशस्त्र र नेपाल प्रहरीलाई जिम्मेवारी सुम्पेको छ । शान्ति सुरक्षा, अपराध, चोरी, ठगी, राज्य विरुद्ध उच्छृङ्खल गतिविधि गर्नेका नियन्त्रण र झैझगडा मिलाउने रेखदेख गर्ने प्रहरीलाई जस्तै अर्धसैनिक बल सशस्त्रलाई सीमा सुरक्षा, भन्सार तथा राजश्व, भिभीआईपी सेवा बैङ्क तथा वित्तीय सुरक्षा, औद्योगिक क्षेत्रको रेखदेख, कुटनीतिक सेवामा सशस्त्र खटाएको छ । राज्यले दिएको जिम्मेवारी पूरा गर्ने फौजी समूहमा राजनीतिक दबाव स्वीकार्य छैन । तर काँग्रेस र एमालेले त्यो शक्तिमाथि दलीय रंग दिन कोशिस गरेकै हुन् । तर अहिले माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चलाएको संरचनालाई गृह तथा उपप्रम रवि लामिछानले कसरी बढाउँछन् रु शुरुको चरणमा सबैले चासो लिएका छन् । सीमा विभाग बनाएर देशको सीमा क्षेत्र उत्तरी र दक्षिणीतर्फ सचेत रहेको सशस्त्र प्रहरीले सीमा क्षेत्रका जनताको साथ लिन थालेको छ । यो समूहले सीमामा पैदल गस्ती सञ्चालन गर्न आवश्यक कार्य विधिको कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय सीमा नाकामा प्लाटुन परिचालन गरेको छ । हरेक प्रदेशमा निरीक्षकको कमाण्डमा प्लाटुन टोली २४सै घण्टा सञ्चालन भएको छ ।
विभागको स्थापना कालमा एआईजी वंशी दाहालको नेतृत्वले हराएका नष्ट भएका सीमा स्तम्भको खोजी र भएका सीमास्तम्भको मर्मत थालेको हो । संगठनको नियमित प्रक्रिया अगाडि बढाउन एआईजी चन्द्रप्रकाश गौतम सीमा विभागको प्रमुख भएकै समयदेखि सशस्त्र देशको पहिचान झल्काउने काममा खटेको हो । गौतमपछि दाहाल आए र अहिले नारायणदत्त पौडेल सीमा विभाग प्रमुख छन् । पौडेलकै कमाण्डमा सीमा प्लाटुन गस्ती शुरु भएको छ । आईजीपी राजु अर्याल आफैं उपस्थित भएर गस्ती टोली वा बीओपहरूको निरीक्षण अनुगमन गर्दा जबानहरूको आत्मबल बढेको छ । तस्करी नियन्त्रण, गोताखोर टोली र दैवी विपत्तिको उद्दारमा सशस्त्रका काम प्रसंसनीय छन् । दशगजाको सुरक्षा, सीमा स्तम्भको मर्मत, अतिक्रमण अनुगमन, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रण र गैर कानुनी गतिविधि रेखदेख सशस्त्रको योजना हुन् । दुई छिमेकी देशका सुरक्षा प्रमुखहरूसँगको पारम्परिक सम्बन्धलाई बलियो बनाउने काम यो प्लाटुन गस्तीले सघाउने विश्वास सशस्त्रको छ । सशस्त्रले भौगोलिक अवस्थाका आधारमा गस्ती चलाउन बाहिनी, गण, गुल्मबाट प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेसको जनशक्तिलाई समावेश गरी दशगजा इलाकामा बन्दोबस्तीका सामानसहित परिचालन गर्दैछ । चक्रका रुमपा एक गस्ती, अर्को गस्तीसँग जोडिने छ भने स्थानीयवासी जनप्रतिनिधि प्लाटुनका सहयोगी हुनेछन् । जोखिम न्युनिकरण सचेतना कार्यक्रमले सशस्त्रलाई जनतासँग जोड्ने योजनाकै आधारमा २४सै घण्टा प्लाटुन गस्ती गरिने हो । मधेश प्रदेशको छिन्नमस्ता बाहिनीले कामको शुरुवात गरेको छ । त्यो प्रदेशको पर्सा १३ नम्बर गणले आफ्नो अभियान चलाएको छ भने कोशी प्रदेश र लुम्बिनी प्रदेशमा पनि तयारी हुँदैछ । गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यको कमाण्डमा छिन्नमस्ता गणले प्लाटुन सञ्चालन गरेको हो । सो प्रदेशका ८ जिल्ला छिमेकी मुलुक भारतसँग सीमा जोडिएका छन् । सशस्त्र मुख्यालयको निगरानी र गणको निरीक्षण अनुगमनबाट प्लाटुनको कमाण्ड हुने हो । सशस्त्रले कमण्डका लागि ९७६७७२१४१५ मोबाइल दिएको छ । फौजलाई आवश्यकताका आधारमा बजेट व्यवस्था राज्यले गर्न सकेको छैन । वर्षाद्का समयमा सशस्त्रका बीओपीहरूमा खटेका टोलीको कष्ट धेरै छन् । जहाँ अवाश्यकता त्यहाँ उपाय भनेझैं सशस्त्रको नेतृत्वले सिंह दरबारका शासकलाई आफ्नो कार्यक्षेत्रको गतिविधि समयमा जाहेर गरेको छ । तर अभाव बन्दोबस्तीकै सागम्रीको छ ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल