Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रले नर्सिङ पढाउने

काठमाडौं । सीमा क्षेत्रको निगरानी र भन्सारमा राजश्व वृद्धिको अंक बढाउन सरकारले दिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल जुटेको छ । सीमा विभागको प्रमुखमा गणेश ठाडा छन् । कार्यमा नारायणदत्त पौडेल, प्रशासनमा वंशी दाहालको टोली खटेको बेला अईजीपी राजु अर्याल सरकारको व्यवस्थापनमा जुटेका छन् । सशस्त्रले सीमानाकाको बिओपी र जिल्ला प्रमुखहरूलाई पटक पटक खबरदारी गरेको छ । कैयौं हाकिमदेखि तल्लो तहका जवान र सई÷असईसम्म केन्द्रमा तान्दै नयाँ खटाउँदा पनि खबरदारी गर्न छाडेको छैन । दाहाल र पौडेलले विभागमा वर्ष कटाएका छन् । विपत व्यवस्थापन र भवितव्यमा परेकाहरूको उद्दार कार्यलाई जोड दिएको सशस्त्रले पछिल्लो समयमा नर्सिङ कलेज सञ्चालन गर्न व्यवसायी प्राविधिक शिक्षा परिषद् सिटिइभिटीबाट स्वीकृति लिएको छ । नेपाली सेना र नेपाल प्रहरीले नर्सिङ शिक्षा सञ्चालन गरीसकेका छन् । सेनाले डाक्टर उत्पादन समेत गर्न थालेको छ । सरकारले सशस्त्रलाई शान्ति सुरक्षाको जिम्मा दिँदा प्रहरीको पछाडि रहने विगतको अवस्था परिवर्तन गरेको छ । शान्ति सुरक्षाको पूर्ण जिम्मा प्रहरीको हो । सशस्त्र प्रहरीलाई प्रहरीले स्थिति नधान्दाको अवस्थामा मात्र खटाउने गरी सुरक्षा तयारी पनि गरेको छ । सशस्त्र र नेपाल प्रहरीलाई पार्टीकै भातृ संगठन बनाएका काँग्रेस र नेकपा एमाले अहिले थचारिएका छन् । नेपाली सेना र नेपाल प्रहरीले जस्तै सशस्त्रले पनि आफ्नो अस्पतालबाट सर्वसाधारणलाई सेवा दिएको छ । समय पुगेपछि विभाग बदल्ने र स्थान परिवर्तन गर्ने सशस्त्रको नियम जेनजी आन्दोलनपछि लथालिंग पारिएको छ । राजनीतिक दलहरूले विवेक गुमाउँदा भाद्र २३ को आन्दोलनमा सशस्त्र नरम भयो । सेनाले २४ गते भौतिक पूर्वाधार ध्वस्त हुँदा रमिते बनेकै हो । सेनाको सक्रियता भएको भए सरकारी भवन, उद्योग, प्रतिष्ठान र उद्योगपतिका हवेली नेताका दरबार जोगाउन कठिन थिएन । नेपाली आन्दोलनको इतिहासमा सरकारी सम्पत्ति खरानी बनाएको कालो इतिहास थिएन । आन्दोलनकारीको आक्रमणको शिकार प्रहरी धेरै भयो क्षति उसैले व्यहोरेको छ । किनकि दमनको आदेशकारी उही थियो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल