Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्र जागेपछि तस्कर भागाभाग

कपिलवस्तु । यतिखेर सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली चोरी पैठारी नियन्त्रणमा खटिरहेको छ । ठूलाको निर्देशन सानाको इमान्दारिताले सीमा सुरक्षा र बेलाबखत हुने तस्करीमाथि नियन्त्रण गर्न सकिन्छ भन्ने प्रमाण बर्दिया, नवलपरासी पश्चिम, भैरहवा, कपिलवस्तु जिल्लाका सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको अवैध सामानले पुष्टि गर्दछ ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष ५ नम्बर प्रदेशका सीमा क्षेत्रका बीओपीहरुले राजश्व बढाउन ठूलो भूमिका खेलेको सशस्त्र प्रहरी बलले महसुस गरेको छ । बर्दियाका एसपी नरबहादुर राउत, भैरहवाका निरीक्षक विजय थापा, नवलपरासी पश्चिमका एसपी महेश अधिकारी, कपिलवस्तुका एसपी धु्रवबहादुर कार्कीको काम निकै देखिएको छ । किनकि उनीहरुले यो वर्ष विगतका वर्षहरुमा भन्दा राजश्व संकलन र चोरी पैठारी नियन्त्रणमा जोड दिइरहेका छन् । राम्रो गर्दागर्दै वरिष्ठ हवल्दारहरु भूपेन्द्र खड्का र रतन आचार्यलाई बर्दियाबाट कपिलवस्तु खेदेपछि बर्दियाका प्रजिअले समेत उनीहरुको सरुवालाई निको मानेका छैनन् । यिनका विरूद्द सत्रु लागेर राजधानीमा प्रचार पनि गरियाे । सशस्त्रकाे सीमा सुरक्षा तथा कार्य विभागले उनीहरूकाे सक्रियतालाइ सम्बन्धित जिल्लाकै प्रमुखसँग बुझेपछि सरूवा त गर्याे तर प्रमुख जिल्ला अधिकारीले भने तल्लाे लेवलमा खट्ने हवल्दार द्वयलाइ फिर्ता ल्याउनु पर्ने बताइरहेका छन् ।

खट्ने तल्लो तहका जवान तथा हवल्दारहरुलाई नेतृत्वले कामअनुसारको पदीय दायित्व दिँदाको फल भूपेन्द्र र रतनले सशस्त्रलाई दिलाएका छन् तर उनीहरुविरुद्ध लागेको गिरोह सफल भयो त्यो सफलताले त्यो गिरोह मख्ख परे पनि कपिलवस्तुमा वरिष्ठ हवल्दारद्वयको सक्रियतालाई चासोका साथ हेरिएको छ । सशस्त्रको संक्रियता भारतले नियन्त्रणमा लिएको नेपाली भूमिको सुरक्षामात्र होइन भारतीय क्षेत्रबाट राजश्व छल्दै नेपाल भित्र्याउने तस्करहरुको लस्करलाई खेद्नु पनि महत्वपूर्ण मानिन्छ । जहाँ पनि काम गर्ने तल्लो वर्ग हो । नेतृत्व वर्गले दिएको निर्देशन र इमान्दारितालाई पालना गरियो भने संगठनको प्रतिष्ठा बढ्छ, व्यक्तिले पनि स्यावासी पाउँछ भन्ने कुरा प्रदेश ५ मा देखिएको सशस्त्र बलको सक्रियताले पुष्टि गर्दछ ।