Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्र प्रहरीकी इन्स्पेक्टर मृत अवस्थामा फेला

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्। इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका( ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । तीन महिना अघि इन्स्पेक्टरमा निकालेकी उनी तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ । उनी अविवाहित हुन् । उनी २०७२सालमा सशस्त्र प्रहरीको जवानमा भर्ना भएकी थिइन्। उनले २०७८सालमा असईमा नाम निकालेकी थिइन्।असईमा नाम निकालेको ३ वर्षपछि इन्सपेक्टरमा नाम निकालेकी थिइन्। बाबुआमा अस्ट्रेलियामा रहेको कारणले उनीहरु आएपछिमात्रै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो ।