Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन ।
घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२ बर्षिय अविनाश राजभर रहेका छन् । उनको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ । बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान ९ बजेतिर २ जना युवक भारततर्फ सरसामान लिन जान खोज्दा सशस्त्र प्रहरी टोलीले रोकेको थियो । ती युवाहरु जान नपाएपछि विवाद भएको थियो भने पछि दर्जनौं युवा आएर ड्युटीमा खटिएकाहरुमाथि आक्रमण गर्न थालेपछि प्रहरीले फायरिङ गरेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले स्थानीय ५०–६० जना आएर ड्युटीमा खटिएका सशस्त्र प्रहरी र पोस्ट माथि ढुंगामुढा गरेकाले भिडलाई तितरबितर पार्न केही राउन्ड हवाइ फायर भएको बताए । स्थानीयसँगको झडपमा एकजना सशस्त्र प्रहरी पनि घाइते भएको बताइएको छ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल