Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्र मधेशमा सलबलायो

काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित बसन्तपुरबाट भाद्र १८ गते एपीएफ टोलीले भारतीय नम्वर प्लेटको दुई वटा गाडी बरामद गरेको छ । अनुमती पत्र बिना भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर बीआर ०५८०११ र बीआर ०५ एच ४४७७३ को गाडी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद गाडी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । उक्त दुई वटै गाडीको भन्सार दाखिला मुल्य करीव ५० लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३९ गुल्म हेक्वा कृष्णनगरबाट खटिएको एपीएफ टोलीले भाद्र १८ गते नौ लाख ९० हजार रुपैयाँ बराबरको एउटा टाटा सुमो गाडी बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त गाडी एपीएफ टोलीले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ७ स्थित रुद्रपुरबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाएको छ ।

यसैबीच, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवा ईलाकाबाट भाद्र १९ गते एपीएफ टोलीले करीव एक लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छलि नेपातर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, हार्डवेयरका सामान र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।

उता, पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र १६ गते एपीएफ टोलीले एक के।जी। तीन सय ३२ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १२ रामगढवा बस्ने १८ वर्षीय विकास श्राव छन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले निजलाई उक्त चाँदी सहित पक्राउ गरेको हो । ना।१३ प ५५२४ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रावलाई जाँच गर्दा उनको साथमा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला सो मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका श्रावलाई बरामद चाँदी तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ । बरामद चाँदी तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करिव २ लाख ८ हजार रुपैयाँ रहेको छ ।