Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकारी ठगलाई बोक्दा वामपन्थ नांगियो

काठमाडौं । जनताको जीवनस्तर उठाउने योजना छैन, किसानको उत्पादन स्थानीय सरकारले किन्दैन । सरकार समृद्धि र विकासको कुरा गर्छ । सरकारका कमाण्डर केपी ओलीलाई टावर बनाउने रहर छ । नेकपा एमाले जनताको निम्ति भन्दा कमिशन र दलालको पार्टी भएको छ । माओवादीलाई जनता अब चाहिँदैन । अध्यक्षको अन्तिम प्रम बन्ने रहर पूरा भएको छ । यही बेला रामहरि श्रेष्ठका हत्यारा कालिबहादुर खाम, ठमेल र दरबारमार्गमा छात्ति खोलेर हिँड्दा पक्राउ परेका छन् । पूर्व उपराष्ट्रपति पुत्र दिपेश पुन पक्राउदेखि रामबहादुर थापाका पुत्र प्रतीक थापाको विरुद्ध पक्राउ वारेन्ट, उपाध्यक्ष महराको पक्राउ र रिहा जस्ता घटना यही बेला भएका छन् । जनताले राजनीतिक अस्थिरताको अन्त्यका लागि २०७४ मा वामपन्थी मोर्चालाई दिलाएको जनमतमाथि घात गरेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसरी पार्टी छिन्नभिन्न बनाए त्यसले संसदमा रवि र रेशम चौधरी जस्ता विवादित चरित्रको प्रवेश भयो । जनमत पार्टीलाई मधेशका नायकहरू राजेन्द्र महतो र उपेन्द्र यादवको व्यवहारले जन्मायो । रवि र रमेशको जन्म नेकपा एमालेको ओली ब्राण्डको दम्बले भएको हो । अहिले सत्ताका लागि नागरिक उन्मुक्तिको आन्तरिक झगडाबाट सुदूरपश्चिम अस्थिर छ । देशको आर्थिक क्षेत्र सुधार्न कर नतिर्नेलाई कर तिराउने राजश्व छल्नेबाट राजश्व अशुल्ने काम सरकारले जबसम्म गराउँदैन तबसम्म नेपालको अर्थतन्त्र सुध्रँदैन । अर्थमन्त्री वर्षमान पुन आफ्नो टिमबाट कति सन्तुष्ट छन् र उनलाई काँग्रेस र एमालेको आडमा सहकारी र लघुवित्त ठगेकोहरूको पहिचान छ । सरकारको आयुलाई जोगाउँदा अपराध गर्नेमाथि कारबाही हुँदैन । त्यस्तो भद्रगोलमा प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका नायक केपी ओलीको समृद्धि र विकासले कसरी टाउको उठाउँछ त्यो हेर्न अराजक बजारलाई नियन्त्रण गर्नु पहिलो दायित्व हो ।
रास्वपाको कारण संघीय सरकार नै अस्थिर छ । सहकारी ठगहरू त्यही पार्टीमा धेरै छन् । एमालेका अधिकांश नेता लघुवित्त संचालक छन् । सहकारीका अध्यक्ष छन् । यिनले अर्थतन्त्र तहसनहस बनाएका छन् । सरकार लगानी सम्मेलन गर्दैछ । देशको निजी क्षेत्र औद्योगिक घरानाले कर छल्छ । राज्यको श्रोत दोहन गरेर राज्यलाई कर नतिर्ने त्यो समूह उद्योग, बाणिज्य महासंघ र उद्योग परिसंघको नाममा राजश्व मार्नेको बचाउ गर्छ । चौधरी, रुंगटा, दुगड, अग्रवाल र संघाइ समूह नेपाललाई शोषण गरेर विदेशमा लगानी गर्ने समूह हुन् । आफ्नो उद्योगमा आफैं आगो लगाएर आफ्नै बीमा कम्पनीबाट बीमा दाबी गरेर खाने राजेन्द्र खेतानहरू सांसद भएको देश हो नेपाल । राजनीतिक दलको आडमा राजश्व छल्ने विश्वका धनाढ्य विनोद चौधरीले सार्वजनिक जमिन कब्जा गरेकै छन् । बाँसबारी काण्डपछि बालमन्दिर काण्डको शुरुवात हुँदैछ । कानुनी कारबाहीको भागिदार गृहमन्त्री भएको देशमा कस्तो लगानी भित्रिन्छ ? शंका छ ।
सरकारको नेतृत्व माओवादीले गरेको छ । तर, त्यो पार्टीले तेस्रो ठूलो दल ३२ सिटे हो । काँग्रेस ८८, नेकपा एमाले ७८ सीटका नाइकेहरूबीचमा शुरुमै सत्ता एकता संघीय संसदमा भएको भए सातै प्रदेशमा तिनकै सरकार बन्न सक्थ्यो । यी दुवैलाई नचाएर माओवादीले प्रम पद लियो । सरकारको नायक माओवादी बन्दा आर्थिक क्षेत्र ध्वस्त बनाएका सहकारीको नाममा लुट मच्चाएका नेकपा एमाले र काँग्रेसले अर्थतन्त्र सुधार्न दिँदैनन् भन्ने कुरा छर्लङ्ग छ । कानुनको पालना जसले गराउने हो ऊ आफैं सहकारी ठग भएपछि कसरी छानविन हुन्छ । जहाँ अपराध छानविनको प्रमुख अंग नेपाल प्रहरीको आईजीपी नै गृहमन्त्रीमाथिको छानविनमा प्रमाण पुग्दैन भन्दैछन् । उद्योग रजिष्टार कार्यालयमा पैसा बुझेको हस्तलिखितमा रविकै सहकार्य छ । कम्पनीको शेयरमा सहकारी जोडेर पैसा खाएको प्रमाण छ । गृहमन्त्री जोगाउन प्रहरीनै लागेको छ । जो नायक हुनुपथ्र्यो त्यही खलनायक भएका छन् ।


सम्बन्धित समाचार