Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्माको अनुसार अब मोर्चाको निर्णपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन् । उनले भने, एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व गरेको पार्टीलाई अब पत्राचार हुन्छ । यस्तै बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाडौंसहित सातै प्रदेशमा एकएक वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको बताए । मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधन नेपालसहित शीर्ष नेताहरु सहभागी थिए। फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गरेको थियो । अहिले मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल