Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ। निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिमै दलको नेता चयन गर्ने प्रयास भइरहेपनि अहिलेसम्म कुरा मिलेको छैन। हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता छान्नको लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो। दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे र निर्वाचन समितिको संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली रहेका छन्। महामन्त्री प्रदीप पौडेलले सहमतिको लागि छलफल भइरहेको बताए। उनले आज सहमति जुट्ने सम्भावना नरहेको भन्दै भोलिभन्दा पर नधकेल्ने बताए। दलको नेतामा कांग्रेस भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्यको दाबी छ। नेता केसीले आफ्नो नाममा सहमति जुटे मात्रै दलको नेता हुने बताइसकेका छन्। निर्वाचन भए नलड्ने उनको स्पष्ट सन्देश छ। पार्टीका पाका सांसद भएकाले केसीको नाममा सहमति जुटाउनुपर्ने मत बलियो छ। तर, त्यसको विपक्षमा उपसभापति विश्वप्रकाश शर्मा सार्वजनिक रूपमै उभिइसके। केसी सभापति गगन थापाका ससुरा पनि हुन्, उनको नाममा सहमति जुटाउन अफ्यारो परेकाले थापाले प्रत्यक्ष निर्वाचित सांसद आचार्यलाई बनाउन चाहेको बताइन्छ। तर, उपसभापति शर्माले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने भन्दै आङ्दाम्बेलाई बनाउनुपर्ने पक्षमा उभिएका छन्। आङ्दाम्बे पूर्वसभापति शेरबहादुर देउवानिकट नेता मानिन्थे। तर पछिल्लो समय गगनप्रति नरम सुनिन थालेका छन्। उनले आफूलाई सभापति गगन थापाको ससुराको रूपमा मात्रै हेरिएको बताए। त्यसो त दलको नेतामा आकाङ्क्षा गरिरहेका नेता भीष्मराज आङ्दाम्बेले आफूलाई कुनै समूहको लेबल नलगाउन आग्रह गरेका छन्।उनले आफू पार्टी सभापति गगन थापाको कार्यशैली र सोचअनुसार अघि बढ्न तयार रहेको बताए। विशेष महाधिवेशनपछि नयाँ योजना र नयाँ नेतृत्वसहित अघि बढिरहेको नेपाली कांग्रेसलाई बलियो शक्तिका रूपमा स्थापित गर्न पार्टी सङ्गठन र संसद् दुवै क्षेत्रमा प्रखर भूमिका आवश्यक रहेको बताए। सभापति थापाको नेतृत्वमा पार्टी सुदृढीकरणको अभियान चलिरहँदा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै संसदीय दललाई थप सशक्त बनाउनु पर्ने उनको भनाइ छ।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल