Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहिदको सूचिमा २६ सय ७४ जना थप

काठमाडौं । सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार सहिदहरुको सूची राजपत्रमा प्रकाशित गरिएको छ । पुस २४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप सहिद घोषणा गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार नयाँ राजनीतिक समीकरणपछि बनेको सरकारले सहिदको सूची राजपत्रमार्फत् सार्वजनिक गरेको हो । नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेकाले सूचना प्रकाशित गरिएको राजपत्रमा उल्लेख छ । यसअघि घोषणा गर्न छुटेका तथा पुरानो घोषणा गरिएको विवरण सच्याई ४ हजार १ सय ५३ जना सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको हो ।