Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साँझको बैठकले काँग्रेसको विवाद मत्थर हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ अघि बढेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो । आइतवार साझ देउवा निवास बूढानिलकण्ठमा नेता त्रयबीच भएको छलफलपछि पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति जुटेको छ ।
देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सभापति, वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलाबीचको छलफलले पार्टीमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरे । बूढानिलकण्ठमा आइतवार साँझदेखि शुरु भएको छलफल दुई घन्टा भन्दा लामो समय चलेको थियो । बैठकले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो । नेपाली कांग्रेसमा विगत केही महिनादेखिको विवाद उग्रबन्दै गएको थियो ।
पार्टी सभापति देउवाले बहुमतको आधारमा पेलेर अघि बढेको र आफू अनुकुल निर्णय गर्दै अघि बढेको आरोप वरिष्ठ नेता पौडेल र सिटौला पक्षले लगाउँदै आएको छ । पुस ११ गते असन्तुष्ट पक्षका नेताहरु उनुपस्थित केन्द्रीय कार्यसमितिको बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि गर्ने, पार्टीमा रहेका विभागको संख्या बढाएर ४७ पुर्या‍उने, तरुण दलको म्याद थप गर्ने लगायतका निर्णय गरेपछि समस्या थप बढेको थियो । बहुमतका आधारमा निर्णयहरु गरेपछि असन्तुष्ट पक्षले बैठक राखेर निर्णयहरु सच्याउन देउवालाई चेतावनी दिएका थिए त्यसयता सभापति देउवा र वरिष्ठ नेताबीच वार्ताको अवस्था अवरुद्ध भएको थियो ।
सभापति देउवालाई दवाव दिनका लागि भन्दै पौडेल सिटौला पक्षले आफूहरु निकट जिल्ला सभापतिहरुलाई पार्टी कार्यालय सानेपा बोलाएर भेलासमेत गरेका थिए । ४५ जिल्लाका जिल्ला सभापतिहरु उपस्थित रहेको दाबी गरिएको भेलाले केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सच्याउन, पार्टीलाई सहमतिमै सञ्चालन गर्न र भागवण्डाको राजनीति बन्द गर्नुपर्ने लगायतका निर्णय गरेको थियो ।
भेलापछि जिल्ला सभापतिहरुलाई पार्टी सभापति देउवाले बूढानिलकण्ठमै बोलाएर समेत कुराकानी गरेका थिए । त्यसक्रममा उनले पार्टी निर्णयहरुबारे पुनर्विचार गर्न सकिने तर महाधिवेशनको कार्यतालिका तलमाथि गर्न नमिल्ने बताएका थिए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल