Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांग्रिलाले घोषणा गर्यो ८.९८ प्रतिशत लाभांश

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ८.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८र७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ सुयोग श्रेष्ठले जनाएका छन् ।
बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६ सय ६२ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।