Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांग्रिला डेभलपमेन्ट बैंकले सीईओको तलब भत्तामा खर्चियो १ करोड ४ लाख

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा १ करोड ४ लाख ५ हजार २०६ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले गत आवमा सीईओलाई तलब बापत ५४ लाख ७ हजार १२४ रुपैयाँ, भत्ता बापत ३५ लाख ४२ हजार ८१३ रुपैयाँ, दशैं भत्ता ८ लाख ५ हजार ६०० रुपैयाँ, संचय कोष कट्टी ५ लाख ४० हजार ७१३ रुपैयाँ र अन्य शुल्क बापत १ लाख ८ हजार ९५६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकको सीईओमा सुयोग श्रेष्ठ रहेका छन् ।
यस्तै बैंकले व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई तलब भत्ता लगायत सुविधा बापत ७५ लाख ७७ हजार ३०४ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओ तथा व्यवस्थापनका अन्य पदाधिकारीले औषधी उपचार खर्च, दुर्घना बीमा, मोबाईल खर्च, सवारी साधन सुविधा, ईन्धन तथा मर्मत खर्च बैंकको कर्मचारी विनियमावली तथा गरिएको करारनामा बमोजिम प्रदान गरिएको जनाएको छ ।


सम्बन्धित समाचार