Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । आज राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंमा फोन गरेपछि घटना भएको ४५ मिनेटपछि मात्र प्रहरी आइपुगेको उनले बताएका थिए । घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेका थिए । तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल