Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद र पूर्व प्रहरी प्रमुखविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् ।
डा. यादवले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा सुरेन्द्र यादवको राजनीतिक अपहरण गर्नेविरुद्ध किटानी जाहेरी दिन पुगको नेताहरुले बताएका छन् । उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर पुगेका हुन् ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ । पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनले नै बोलाएर काठमाडौं ल्याउन गएको दाबी गर्दै आएका छन् ।
समाजवादी पार्टी फुटाउनका लागि जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको आरोप समाजवादीले लगाएको छ । उनी बिहीबार बिहान होटलबाट भाग्न सफल भएको दाबी गरिँदै आएको छ । तर केहीले भने रातिनै राजपा र समाजवादीबीच एकता भएपछि उनले अपहरणको नाटक गरेको आरोप लगाएका छन् ।


सम्बन्धित समाचार