Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साइप्रसले रोक्यो नेपालको उडान

लण्डन । नेपालको राष्टिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमसहित नेपाली विमानहरुलाई युरोपको आकाशमा लागेको प्रतिबन्धको बेवास्ता गर्दै जवर्जस्ती उडान गर्न खोज्दा अन्तत उडान स्थगित गर्नुपर्ने अवस्था आइपरेको छ । यसरी स्थगित गर्दा साइप्रस र इजरायलबाट नेपाल जान टिकट काटेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
नियमित उडान नभई उद्धारको उडानमात्र भएकाले अनुमति पाइने दावीसहित नेपाल वायुसेवा निगमले साइप्रसमा कोरोनाका कारण अलपत्र परेका नेपाली कामदारहरु फर्काउनका लागि टिकट विक्री गरेको थियो । प्राप्त समाचारअनुसार, साइप्रसबाट १ सय ९३ र इजरायलबाट ६७ जना अलपत्र नेपाली कामदारहरुको उद्धार गर्ने तय भएको थियो । र, जुन २९ तारिखमा उद्दारउ डान हुने भन्दै टिकटसमेत बेचिइएको थियो ।
कोरोनाको महामारीका कारण बिदेशमा अड्किएका नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा नेपाल सरकारले इजरायल र साइप्रसबाट तय भएकोे उडान पुन दोस्रो पटक स्थगित भएको हो । नेपाली राजदूतावास, तेल अबिब, ईजरायलले यही १६ जुन मंगलबार एक सूचना जारी गरी यस अघि जुन २० र जुन २५ का लागि तय भएका उडानहरु तयारीका लागि समय थप गर्नुपर्ने नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै इजरायल र साइप्रसका लागि संयुक्त उडान जुन २९ मा हुने बताएको थियो । साथै नेपाल एअरलाइन्सको यस उडानमार्फत् ईजरायलबाट ६७ जना र साईप्रसबाट १९३ जना गरी २६० जना नेपालीहरु फर्कने र उक्त उडान ईजरायलबाट साईप्रस हुँदै साईप्रसबाट नेपाल जाने भएको भनि उडान भर्ने यात्रुहरुको नामावली समेत प्रकाशित गरेको थियो ।
नेपाल एअरलाइन्सको टिकटका लागि भनी सो कम्पनीका शिशिर ज्ञवाली र टंकनिधि दाहाल गरी दुई कर्मचारीको सम्पर्क नं दिइएको थियो । तर हिजो आइतबार यात्रुले टिकट लिन खोज्दा हाललाई उडान रद्ध भएको भनी टिकट दिइएन । केही दिनअघिदेखि अलिकति टिकट उक्त दिनको उडान भनी ब्रिकी गरे पनि एक्कासि टिकट रोकिएपछि नेपाल जान तयारीमा रहेका अलपत्र परेका छन् । यसरी टिकट रोकिएको बारे दूताबासलाई सम्पर्क गर्दा दूताबासका एक कर्मचारी अर्जुन घिमिरेले “नेपाली एयरलाइन्स युरोपमा कालो सूचीमा परेका कारण उडान गर्न नसकिएको बताए । साइप्रससंग अनुमति माग्दा अनुमति नदिएको र माथिल्लो तहबाट कुरा भइरहेको जनकारी दिंदै उनल भोलिसम्म एउटा निर्णय आउने बताए । साथै नेपाल एरलाइन्सले व्यापारभन्दा पनि उद्धारका लागि प्रयोग गर्न लागेकोे अनुमति दिन नेपालको तर्फबाट आग्रह गरिएको पनि उनले बताए ।