Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साइलीको घरमा जुवाखालबाटै समातिए पूर्वमन्त्री यादव

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् । यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट बन्दुक पड्काउँदा यादव विवादमा आएका थिए । शेरबहादुर देउवा, लोकेन्द्र बहादुरा चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।


सम्बन्धित समाचार