Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउन ९ गतेसम्म मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेको सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेश भ्रमण सकेर बिहीबार मात्रै कार्यालयमा फर्किएका छन् । उनले साउन ९ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरिसक्ने जानकारी दिएका छन् ।
‘बल्ल गभर्नर आज कार्यालयमा आउनु भएको छ, अबको केही दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने, ‘व्यवस्थापन टिम र सञ्चालक समितिमा पेश हुन्छ, छिटोमा साउन ७ गते र ढिलोमा साउन ९ गतेसम्म सार्वजनिक गर्छौं ।’


सम्बन्धित समाचार