Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सागका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं । १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) का खेलहरु आजबाट सुरु हुँदैछन् । पहिलो खेलमा आज दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपालको महिला भलिबल टिमले बंगलादेशविरुद्ध खेल्नेछ । बुधबार नै पुरुष भलिबलको टिम पनि बंगलादेशविरुद्ध कोर्ट उत्रिनेछ । भलिबलबाहेक अन्य खेल भने सागको औपचारिक उद्घाटनपछि हुनेछन् । १३औं सागको औपचारिक उद्घाटन आगामी हुनेछ । २० वर्षपछि घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा नेपालबाट आठौं सागको जस्तै सम्झनलायक नतिजाको अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार