Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साग महिला फुटबल टीमको घोषणा

काठमाडौं । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने महिला फुटबल टीमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टीमको घोषणा गरेको हुन् । टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी परेका छन् । यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना रहेका छन् ।
मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् । गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् । महिला टिमको सहायक प्रशिक्षक अरुणा गुरुङ र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।
मुख्य प्रशिक्षक हरी खड्काले पछिल्लो संस्करणको साफ टीममा रहेको अधिकांश खेलाडीलाई अन्तिम छनोटमा रोजेका छन् ।