Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साझा पसल सेवा ९सहकारी संस्था० ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गरेका छन् ।
यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर भित्र्याएको हो । २० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताएका छन् ।
इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको छ, कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार छौं,’ कार्यकारी निर्देशक पौडेलले भन्छन् । नयाँ ट्यांकरहरुले शुक्रबार देखि पेट्रोलियम ढुवानी गर्न थालका छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल