Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सातै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको पूर्वाधार तयार गर्ने तयारी

काठमाडौं । कोरोनाको संक्रमण शरु भएको चीनले कोरोना मुक्त भएको घोषणा गर्दा छिमेकी मुलुक नेपालमा भने बल्ल पूर्वाधार तयार गर्ने तयारी भएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदखेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा १–१ वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो । यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले तयार पारेको प्रस्ताव समितिको अर्को बैठकमा पेस हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । समितिले यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आईसीयू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार (काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा एक–एक वटा) विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने । यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने, समितिले बिहीबार गरेको निर्णयको १४ औं बुँदामा भनिएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल