Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सात जना डाँका पक्राउ

मोरङ । विराटनगरका विभिन्न स्थानमा डाँका गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१ बाट बुधबार दिउँसो ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो।मोतिउर रहमान, रौतहट गौर नगरपालिका(३ पोखरिया बस्नेहरु ४१ वर्षीय मो।मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका-४ बस्नेहरु ५२ वर्षीय सेख मो।सलिफ र ४६ वर्षीय शेख अलि असगर रहेका छन् ।

उनीहरुको साथबाट बिआर ३२ पिए २८३६ नम्बरको स्करपियो गाडी, विभिन्न कम्पनीका मोबाइल ७ थान, नेपाली नगद १२ हजार ८ सय ५० रुपैयाँ, भारतीय नगद ११ हजार ४ सय १० रुपैयाँ, नेपाली सिमकार्ड १ थान, भारतीय सिमकार्ड ९ थान, फलाम काट्न प्रयोग हुने कटर मेसिन १ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका-२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाई ५ लाख ९५ हजार रुपैयाँ, सोही महानगरपालिकामा रहेको गणनायक मार्केटिङ हाउस ९किराना पसल० बाट सोही दिन सटर फुटाई ४ लाख रुपैयाँ, सोही महानगरपालिका-७ कदमाह कृषि सहकारी संस्था लिमिटेडमा भदौ १ गते सटर फुटाई ४ लाख ९५ हजार रुपैयाँ र विराटनगर महानगरपालिका-७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट भदौ १० गते सटर फुटाई ६ लाख रुपैयाँ डाँका गरी लगेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा अभियुक्तहरूले भारत सीतामढीमा विराटनगरमा डकैती गर्ने योजना बनाई नेपाल प्रवेश गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


सम्बन्धित समाचार