Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सात वर्षसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै युवती अदालत गइन्

काठमाडौं । आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवती न्याय माग्दै अदालत पुगेकी छिन् । पाल्पाको साविक दोमान गाविस ५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। ती युवतीको हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी छन्। उनले पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको बताइएको छ ।

मुद्दामा उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको आरोप लगाएकी छिन्। यसरी सात वर्षसम्म दाजुबाट बलात्कृत हुँदा आफू मानसिक रूपमै अस्वस्थ भएको उनले बताइन्। उनले आरोप लगाएका व्यक्ति पेशाले स्वास्थ्यकर्मी हुन्। पछिल्लो दुई महिनाबीचमा उनका बुवा आमा दुवैको मृत्यु भयो। पीडक दाजुसँगै बस्ने बुवा आमालाई दुख हुन्छ भनेर आफू लामो समय कानुनी लडाइँका लागि मानसिक रुपमा तयार नभएको बताइन्।


सम्बन्धित समाचार