Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौं उपत्यकाको सडकमा परिचालन भएका छन् । नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेपछि युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दैछन् । सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन । जसका लागि उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीका अनुसार ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गरिनेछ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल