Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सानिमा बैंकको लाभांश घोषणा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६।४० रुपैयाँको कुल १०।९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हजार ३०।४४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२।६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार २९७।८० रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले नाएको छ।