Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकलाई पुरानो वानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा १३ प्रतिशतसम्म छूट उपलब्ध गराउने व्यवस्था गरेको छ।
बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भन्दै आफ्ना ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा ५ देखि १३ प्रतिशतसम्म छूट उपलब्ध गराउने व्यवस्था गरेको हो।
छूट उपलब्ध गराउनका लागि बैंकले अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले ओपीडी, आइपीडी र बेडसम्बन्धी शुल्कमा १३, औषधिमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ ।
यो छुट पाउनका लागि बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्नेछ। सानिमा भिसा डेबिट र क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा छूट पाउने बैंकले जानकारी दिएको छ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल