Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सानिमा मिडिल हाइड्रोको आईपीओ शुक्रबारदेखि

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गते शुक्रबारदेखि ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीले कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गर्न गर्न लागेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ चार लाख २४ हजार ८ सय ८५ जनाले १०–१० कित्ता र ८ जनाले ११–११ कित्ताका दरले पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल