Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भक्तपुर । कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार ७ सय ५१ जना महिला रहेका छन् । अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जनालाई कोरोना निको भइसकेको छ । जसमा १ हजार २ सय ११ जना पुरुष र ९ सय २६ जना महिला शुक्रबारसम्ममा कोरोना संक्रमण मुक्त भएका हुन् ।
भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ । संक्रिय संक्रमितमा १ हजार १ सय ६ जना पुरुष र ८ सय १२ जना महिला रहेको स्वास्थ्य कार्यालयले भक्तपुरले जानकारी दिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल