Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामसुङको मोबाइल मासिक किस्तामा

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएस नेपाल बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन् ।यसै गरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याज दरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सकिन्छ ।
साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सी एस२०प्लस विशेष मूल्यमा प्रि–बुक गर्दा प्रि–बुकिङ्ग उपहार समेत प्राप्त गर्न सकिनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आइएमएस नेपालको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल