Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामान्य मर्यादा पनि नाघेका बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ । अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो । साथै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नाम नै उल्लेख गरेर उनले गाली गरेका थिए । पछिल्लो समय नयाँ दल खोल्ने कि रास्वपाबाट राजनीति गर्ने भन्ने दोधारमा रहेको चर्चाका बिच बालेनले रास्वपाको पनि नाम नै उल्लेख गरेर अश्लील गाली गरेपछि उनी रास्वपासँग पनि टाढिएको चर्चा छ । उक्त स्टाटसका कारण मेयर साह यतिवेला आलोचित बनिरहेका छन् । सामान्य मर्यादाको पनि ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध प्रतिक्रिया आइरहेका छन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल