Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साम्प्रदायिक हिंसाको खोजीमा भारत–अमेरिका

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्वार्थ रक्षा गर्न नसकेपछि पश्चिमा र भारतीयहरू नेपालमा साम्प्रदायिक हिंसा सिर्जना गराउन खोजिरहेका छन् । नेकपा विभाजन गराउने र ओली–देउवा गठबन्धन बनाएर एमसीसीलाई हुबहु पारित गर्न नसकेपछि गत हप्ता सकिएको नेकपाको स्थायी समिति बैठकले परिमार्जनसहित पारित भनेर चोर बाटो खोजिरहेको छ । यो चोर बाटो एमसीसीको रणनीतिक जालोबाट निस्कने पनि हुन सक्छ र फसाउने पनि हुन सक्छ । यो विषयमा देशभक्तहरू सचेत रहेर निस्कने बाटोतर्फ धकेल्नुपर्दछ । भदौको पहिलो हप्ता रौतहटमा निर्दोष साधुको हत्या, झापा, काठमाडौँको कपन र नुवाकोटमा गौहत्या, तथाकथित मङ्गोल अर्गनाइजेसनका नाममा राष्ट्रिय झण्डा जलाएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने र त्यही अराजकताको जगमा टेकेर चीन रोक्ने, इन्डोअमेरिकी रणनीतिक स्वार्थमा सेनालाई अगाडि सार्ने र पछाडि काँग्रेस र जनता समाजवादी पार्टीलाई राख्ने योजना असफल भएको छ ।

नेपालका तथाकथित बहुराष्ट्रिय कम्पनीले चलाएका ठूला दैनिक र आफूलाई मूलधारको दाबी गर्ने ठूला टेलिजिभनहरूको औचित्य सकिएको छ । अनलाइन टेलिभिजनमार्फत् मङ्गोल भन्नेहरूलाई बालाराम घर्तीमगर र किरात धर्मगुरु डा. चन्द्रकुमार शेर्माले दिएको अन्तर्वार्ता भिडियो हप्ता दिनमा बीसौँ लाखले हेरिसकेका छन् । नारीवादका नाममा पश्चिमा मिसनको धन्दा चलाउनेहरूलाई प्रिय बन्दा काफ्लेको प्रहार त्यत्तिकै चोटिलो बनेको छ । कम्युनिस्ट धर्मविरोधी हुन् भन्नेहरूलाई प्रा. कृष्णचन्द्र शर्माको वेद, योग, तत्वज्ञानका विषयमा दिएका अन्तर्वार्ताहरूले कम्युनिस्ट व्यानरमा जातिवादी, नारीवादी र लिङ्गवादी धन्दा चलाउनेहरूलाई तलैसम्म प्रहार गरेको छ । दलितको नाममा इसाई खेती गर्नेहरूलाई चित्रबहादुर रसाइलीको प्रहारले उठ्नै नसक्ने सन्देश दिएको छ । यी धारणाहरू कुनै पनि कथित मूलधारका भनिने दलाल मिडियाहरूबाट सम्प्रेषण भएका होइनन् । यस कारण अब मुलुकमा देशी–विदेशी प्रायोजित मिसेनरीका अभियन्ताहरूलाई विभिन्न वस्त्र लगाएर उतार्ने, नेपालका तस्कर र माफियाहरूले चलाएका दलाल मिडिया हाउस र तिनका नोकरहरूको एकाधिकार समाप्त भएको छ । भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्ने गर्दछ भने जस्तै यसखालका दलाल मिडिया र यसका आसपासेहरूले आफ्नो अस्तित्व सकिएको केही समय महसुस गर्ने छैनन् ।

रौतहटमा भएको हिन्दू धर्मगुरुको हत्याको घोर भत्र्सना गरौँ । विगतमा कथित माओवादीमार्फत् चलाइरहेको ‘रअ’, अमेरिकी, युरोपेली इसाई हिंसा अहिले भारतीय र पश्चिमालाई व्याकफायर भएको छ । चीनको सशक्त उपस्थितिपछि पुस्पकमल दाहालले बीआरआई सम्झौता र एमसीसी बहसमा लगिदिएपछि पछिल्ला प्रधानमन्त्री केपी ओलीमार्फत् नेकपा विभाजन गरेर एमसीसी गिरोहको गठबन्धन बनाउने योजना पनि असफल भएको छ । भदौ १६, २०६१ को जस्तै साम्प्रदायिक हिंसाको खोजीमार्फत् ‘कू’ गरेर चीन रोक्ने अभियानको लागि साम्प्रदायिक भड्काव ल्याउन हिन्दूहरूलाई उत्तेजित बनाउन यस प्रकारको निच घटिया कार्य गराइएको छ । आरएसएस नामको हिन्दू व्यानरको भारतीय समूह नेपालमा चीनको उपस्थिति रोक्न मुस्लिम र चीनविरोधी मिशनमा अमेरिकीहरूको सहयोगमा धार्मिक हिंसा मच्चाउन खोजिरहेका छन् । यो अवस्थामा हामी हिन्दूहरूले धैर्यता साथ अघि बढ्नुपर्दछ । हिजो माओवादीमार्फत् हिन्दू मराउन जातीय हिंसा मच्चाउन इसाईको युरोपेली चर्चबाट पैसा ल्याउने केबी रोकायलाई दरबारको वीरेन्द्र मार्ने गिरोहले हिन्दू अधिराज्यको नाममा बोकिरहेका छन् । यता, सेनाभित्रको वीरेन्द्र मार्ने गिरोह कुमार फुदुङ र यामबहादुर अधिकारी प्रवृत्ति पनि हिंसाको खोजीमा छन् । यस प्रकारका विजातीय इन्डोपश्चिमी तत्वहरू बृहत् षड्यन्त्रअनुरूप रौतहटमा धर्मगुरुको हत्या गरिएको छ । विगतमा नारायणप्रसाद पोखरेल र मुक्तिनाथ अधिकारीको हत्या माओवादको ब्यानरमा बाबुराम भट्टराईले गराएका थिए । उनी गण्डक इन्चार्ज हुँदा देबेन्द्र पौडेलले मुक्तिनाथको हत्या गरेका थिए ।

यता, मातृका यादव र राम कार्कीले लाहानमा चार वर्ष बालकको हत्या गरेर उपेन्द्र यादव व्यानरमा तराईमा हिंसा मच्चाएका थिए । यी सबै भारतीय जासुसी संस्था ‘रअ’का जासुस हुन् भन्ने कुरा खुला भइसकेको छ । अहिले ठीक त्यही ठाउँमा धार्मिक हिंसा मच्चाउन खोजिँदैछ । सरकारले कडाभन्दा कडा कदमका साथ अपराधीलाई कारबाही गरोस् । साम्प्रदायिक हिंसामार्फत्को इन्डोपश्चिमी राजनीतिक षड्यन्त्रको भण्डाफोर गर्नुपर्दछ । अब पर्दाभित्रबाट षड्यन्त्र गरेर कसैले पनि भारतीय र अमेरिकी स्वार्थ रक्षा गर्छु भन्ने दिवासपना देखेका छन् भने हेक्का राख, तिमीहरूलाई धूलोपीठो पार्नका लागि देशभक्तहरू पनि पर्दाभित्रै बसेर तयार रहेका छन् । यो पंक्तिकारले पटक–पटक लेख्दै र बोल्दै आएको छ, अबको विघटन हुने पालो तथाकथित नाम मात्रको नेपाली सेनाको हो । ०५८ जेठ १९ गते नै राजा वीरेन्द्रको हत्यापछि औचित्य सकिएको यो सेना पुनर्गठन वा विघटन गर्नै पर्दछ । नेपालको लागि भारतको मानार्थ सेना र राष्ट्रसङ्घको पश्चिमी मिसनको शान्ति सेना आवश्यक छैन । यसर्थ अबको लडाइँ जनगणतन्त्र चीनको सशक्त उपस्थितिसँगै राजतन्त्र, गणतन्त्र, लोकतन्त्रको होइन, आन्तरिक फिरङ्गीतन्त्रका विरुद्ध हुनेछ । बाह्यरूपमा इसाई साम्राज्यवादका विरुद्ध हुनेछ । ०५८ जेठ १९ र ०६१ भदौ १६ पनि होइन । कसैले यो वा त्यो कित्ताको रूपमा जनतालाई भ्रम दिएर पश्चिमी साम्रज्यवादको हित रक्षा गर्छु भन्नेहरूको अवस्था अब च्याङकाईसेकको जस्तो हुनेछ । कम्बोडियाका सेनापति लोननोलको जस्तो हुनेछ । इतिहास पछाडि फर्किंदैन, अगाडि बढ्छ र त्यो नेपालमा इन्डोपश्चिमी धाराविरुद्ध छलाङ मारेर जाने छ । यसलाई रोक्छु भन्नेहरू आफैँ धूलोपीठो हुने छन् । यस कारण पर्दाभित्र बसेर डाइरेक्टरले चलचित्र बनाए जस्तो पर्दाभित्रबाट सेना, दरबारभित्र र बाहिरका राजा वीरेन्द्रका हत्याराहरूले खेल्न नखोज्दा हुन्छ र आजै झिटीगुन्टा बोकेर बाटो तय गर्दा हुनेछ । अबको सङ्घर्ष यो वा त्यो दलको हुने छैन । फिरङ्गीतन्त्रका विरुद्ध हुनेछ र त्यो दस्ता तयार भइसकेको छ । अन्त्यमा राजा महेन्द्र, मदन भण्डारी र राजा वीरेन्द्रको हत्याको मूल्य पनि क्रमशः चुकाउनुपर्ने छ । सबैलाई चेतना भया ।