Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न दुई पूर्वमिस नेपालले आग्रह गरेका छन् । पूर्वमिस नेपाल तथा अभिनेत्रीद्वय सृष्टि श्रेष्ठ र मलिना जोशीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । अभिनेता सानुकुमार ताम्राकारका छोरासमेत रहेका सारुकले नौ दिनअघि रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । उनी घरमा आमाबुबा नभएको बेला पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको आकस्मिक निधनको उचित छानबिन गरी दोषीलाई कारबाही गर्न सारुककी साथीसमेत रहेकी मलिनाले इन्स्टाग्राममार्फत भनेकी छिन् । उनले लेखेकी छन, ‘उसलाई के कुराले त्यसो गर्न बाध्य बनायो ? उनको अन्तिम क्षणमा ऊसँग को को थिए ? उसको अन्तिम संवाद के थियो ? उसको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई कल गरेको थियो ? उसले किन नजिकका सबै मिल्ने महिला साथीहरुसँगको सम्बन्ध तोड्यो ?’ ‘यो कस्तो खालको जादू हो ? के उसलाई बिरामी बनाइएको थियो ? के उसलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई अपमानित गरिएको थियो ? उसलाई चोट पुर्याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ? उसलाई के भएको थियो भन्ने सबैले जान्न पाउनुपर्छ । हामीले जान्नुपर्छ । हामी निष्पक्ष छानबिनको माग गर्दछौं’, उनले भनेकी छन् । मलिनाको उक्त इन्स्टाग्राम स्टोरीलाई अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्नो फेसबुक स्टोरीमा शेयर गरेकी छन् । अर्की पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफ्नो इन्स्टाग्राममा सारुकको तस्वीर शेयर गर्दै ‘सत्य र न्यायको जीत हुनेछ’ लेखेकी छन् । सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाँचे’लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनी छायांकन भइरहेको चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल