Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८७५ जना नयाँ संक्रमित फेला परेका छन् भने २२ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पाकिस्तानमा कोरोना भाइरसबाट ६६ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ९५ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा २०६ जना नयाँ संक्रमित फेला परेका छन् ।
सार्क राष्ट्रममा कोरोना भाइरसको तेस्रो प्रभावित मुलुक बंगलादेशमा २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा ९४ जना संक्रमित फेला परेसँगै ४२४ जनामा संक्रमण देखिएको छ । यस्तै अफगानीस्तानमा १५ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । अफगानिस्तानमा ५२१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
श्रीलंकामा कोरोना भाइरसले ७ जना मानिसको ज्यान गएको छ । श्रीलंकामा हालसम्म १ सय ९७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ५४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । सार्क राष्ट्रमध्ये सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा पनि कोरोनाका संक्रमण देखिएको छ । माल्दिभ्समा १९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये १३ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।
नेपालमा शनिबार विहानसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सार्क राष्ट्र मध्येको भुटानमा कोरोनाको प्रभाव सामान्य देखिएको छ । भुटानमा शनिबार बिहानसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये दुई जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको उपचार जारी छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल