Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सार्वजनिक जमिन फिर्ता गर्दैछ टोखा

काठमाडौं । लामो रस्साकस्सीपछि टोखा नगरपालिकाले स्थानीय सरकारको पहिचान दिन थालेको छ । लामो समयदेखि स्थानीय भूमाफियाले आफ्नो बाजे पुर्खाको नाममा भएकोले उपभोग गरेको भन्दै हडपिएका सार्वजनिक जग्गा यस पटक नगरपालिकाबाट चासो देखाइएको छ । त्यस्ता अतिक्रमित जग्गा यस पटक नगरपालिकाले फिर्ता गर्न थालेको हो । टोखा नपाभित्रको पुरानो धापासी गाविस क्षेत्रमा झण्डै ५५० रोपनी भन्दा बढी सार्वजनिक जग्गा भएको अनुमान छ । टोखा र धापासी क्षेत्रका पूर्व कर्मचारी, बुद्धिजीवी, शिक्षा सेवीहरूको सक्रियतामा सार्वजनिक जग्गा खोजी गरेर तत्कालिन गाविसलाई प्रतिवेदन बुझाएको धापासी जागरण समाजसँग पनि त्यो रिपोर्ट छ । यसका अध्यक्षमाथि मुद्दा पर्दा समाज अहिले निस्कृय छ । नगरपालिकाको नेतृत्व इमान्दार हुनुप¥यो । स्थानीय तहमा काँग्रेस र एमालेको बर्चश्व भएको कारण सार्वजनिक जमिन भाडामा लगाउनेहरू तिनै पार्टीको आडमा छन् भन्ने पनि बुझ्नुप¥यो । तर टोखा नपा ५ श्री समाज नजिकको १० रोपनी ८ आना जमिन यस पटक नपाले लिएको छ । वडाका पूर्व अध्यक्ष जगन्नाथ ढकालले आफ्नो कार्याकालमा सो जग्गा फिर्ता गराउन नगरप्रमुख समक्ष त्यही बेला फाइल बुझाएका हुन् । ३५ दिने सूचना पनि जारी भाये । नगरापकिलाले उक्त फाइल अनुसार नयाँ नेतृत्व आएपछि २ पटक ३५ दिने सार्वजनिक सूचना जारी ग¥यो । पुरानै नगरप्रमुख नै आए । उनले त्यो बुझेका पनि थिए । तर कवाडीका गोदाम र २ घर हटाउन नगर नेतृत्वलाई हम्मे हम्मे भयो । कवाडी हटे घर भत्क्यो, बालुवा, माटो, गिटी, इँटाको गोदाम क्रमशः हटेको छ । सो ठाउँमा बगैंचा बन्नु पर्ने धेरैले बताउँछन् । श्री टोल क्षेत्रमा पानी छैन, स्तरीय ढंगले बोरिङ खने हुन्छ । वडा कार्यालयको भवन छैन त्यही बन्न सक्छ । सडक मिचेर बनेका घर पनि त्यहाँ छन् । आफूलाई सति सावित्री ठान्ने कन्सुलर चरित्रका मान्छे पनि त्यहीं छन् । तिनैले सडक विस्तारको बेला मिचेको जमिन दुई हात पनि छाडेनन् । मौका पर्दा चर्को कुरा तिनकै हुन्छ । कर्मचारीले खटाएको काम इमान्दार पूर्वक गर्ने र जनप्रतिनिधि जनताप्रति जवाफदेही हुँदा प्रतिष्ठा बढ्छ । नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ वर्तमान सत्ता गठबन्धनका त्यो क्षेत्रका पुराना कार्यकर्ता भएकाले पनि सार्वजनिक सम्पत्ति कहाँ कसले कति कसरी कब्जा गरेको छ थाहा पाउँछन् । कतिले बाबु बाजेको पुख्र्यौली भनेर २०२१ सालको तिरो तिरेको कागजका अधारमा मुद्दा चलिरहेको भनेर जग्गा कब्जा गरेर सटर बनाएर भाडामा लगाएका पनि छन् । ती ठूलै पहुँचवाला जनप्रतिनिधि छन् । देशको राष्ट्रिय सम्पत्ति जग्गा जमिन एमाले, काँग्रेसको वर्तमान गठबन्धनले कानुन बनाएर दिने आफू एकै लटमा हजम गर्ने गरेकै छ । सरकारले भूमि विधेयक भूमाफियाको स्वार्थ पूरा गर्न पार्टी कार्यकर्तालाई जग्गा बाँड्न ल्याउनु यस्तै नमूना हो । नेपाल ट्रष्टको सम्पत्ति थामसेर्कुले कब्जा जमाउनु, गिरी बन्धु टि इस्टेटको जग्गा सट्टा भर्ना स्वीकृतिका नाममा प्रमदेखि देउवापत्नी डा. आरजु राणासम्मले बिगाका बिगा घुस लिएर रमिता देखाउनु, तीर्थालु बस्ने पशुपतिको धर्मशालामा बसास समूहले तारे होटल चलाउनु, मारवाडी समुदायले गौशाला धर्मशाला कब्जा गर्नु, वर्तमान सरकारको समृद्धिको नमूना हो । गौशालाको धर्मशाला पहिलेदेखि मारवाडीको हातमा छ भने अरु नयाँ फण्डा लोकतान्त्रिक नेताकै पौरखी निर्णयमा भएका हुन् । जनप्रतिनिधि जनताको सेबक बन्ने हो भने राज्यको श्रोत जुट्छ । संस्कृति सम्पदाको संरक्षण हुन्छ, गुठीको नाममा जमिन कब्जा गरेर राजनीति गर्ने पनि छन् । त्रिभुवन विश्वविद्यालयको १३८ रोपनी जग्गामा फैलिएको ल्याबोरोटरी मावि एमालेका नेता कृष्णगोपाल श्रेष्ठ र काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले मिलेर कब्जा गरेकै छन् । तीनले विश्व विद्यालयको पत्र लत्याउँछन् यस्ता विषयमा सत्ता र शक्तिको आडमा भूमाफियाको स्वार्थमा निर्णय गरिन्छ । भूमाफिया दिपक कुँवरको कोलनी र ग्राण्डी अस्पतालले गाविससँग भोगाधिकार लिएर कब्जा गरेको सार्वजनिक जमिन टोखा नगरको नेतृत्वले फिर्ता गर्ला भन्ने विश्वास छैन । किनकि ईश्वर पोखरेल जस्ता बदनाम पात्र कुँवरका संरक्षक छन् । तर पनि नगरपालिकाले जमिन फिर्ता गराई बारबन्धन गरी यो सार्वजनिक जमिन हो भन्ने सूचना भने दिइएको छ । स्थानीयको सहमतिमा त्यो ठाउँ कसरी सञ्चालन हुन्छ भोलिका कुरा । धेरै स्थानीयले त्यो ठाउँमा पार्क बनाउन माग गरेका छन् । टोखा नगरपालिकामा पानीकै हाहाकार छ । प्रेदेश सरकारले लगानी गरेर निर्माण भएको बोरिङको क्षमता अनुसार स्थानीय सरकारले सञ्चालन गरेको छैन । पानी वितरण प्रणाली भरपर्दो छैन । बिग्रेमा मर्मत समयमा हुन्न त्यो योजना केयुकेएललाई पनि दिँदैन । सडकमा छापेको ब्लक सडेका छन् । ढलान सडकमा विजुलीको तार अण्डरग्राउन्ड गर्दा काटेको टाउँ मर्मत पनि भएको छैन । अध्यक्षको जागिर धानिएकै छ, जनप्रतिनिधि तलबदार हुँदा हुने यस्तै हो । लोकप्रिय विद्यालयहरू त्यही वडामा पर्छन् । विद्यालयको शैक्षिक गुणस्तरका बारेमा स्थानीय सरकारको शिक्षा शाखाले अनुगमन ग¥यो भन्ने पनि सुनिँदैन । जनताबाट चुनिएका जनप्रतिनिधिले जनजीवनसँग जोडिएका विषयमा गम्भीर ध्यान दिन जरुरी छ । कालो बजार, सडेका सामान त्यही बेचिन्छ । कलंकी नारायण मन्दिरको संरचना जसोतसो बन्यो । तत्कालिन अध्यक्षले लडेर नै बजेट ल्याए, बनाए राम्रोसँग परिचालन भएकै छैन । मन्दिर उद्घाटन पनि भएन । स्थानीय सरकार कुहिरोको काग जस्तै देखिँदैछ । पूर्व वडाध्यक्ष ढकाल एमाले त्यागेर रास्वपा भइसके । वडाको विकास पहिले जस्तो थियो त्यही हो । भूमाफियाको जालो ठूलै हुन्छ । ०७९ को चुनावका बेला एमाले उम्मेदवार ईश्वर पोखरेलले कलंकी मन्दिरमा सार्वजनिक जमिनको संरक्षण गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनासाथ यस पटक नगरपालिकाले फिर्ता गरेको जमिन भाडा लगाएर खाँदै आएका दुई जना छट्टु श्यालहरूले पोखरेल विरुद्ध आगो ओकल्दै काँग्रेस उम्मेदवार प्रदीप पौडेलको अघिपछि लाग्दा टोखा ५ का काँग्रेसीहरू दंग परेका थिए । अहिले पनि तिनै स्वास्थ्यमन्त्रीका विश्वासी छन् । तर वडा नं. ५ का काँग्रेसीहरू ओझेलमा छन् ।

 


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल