Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आँफू गृहमन्त्री हुँदा भुटानी शरणार्थी छानविन प्रकृया टुँगोमा पुर्याउने पूर्ववर्ति सरकारको प्रतिवेदन थपघट गरेर ४७६ भन्दा वढी नेपाली युवासँग पैसा उठाएर अमेरिका पठाउने धन्दाका नायक वालकृष्ण खाँडलाई जेलवाट निकाल्न काँग्रेसको सिद्धान्तवादी नेता डा. शेखर कोइराला शनिवार केन्द्रीय कारागार पुगेका छन् । काँग्रेस सभापति शेरवहादुर देउवाका भित्रिया खाँडले १ करोड ३५ लाख रुपैयाँ आफ्नै हनुमान पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा मार्फत फिर्ता गर्न पठाए पनि शेर्पाले पिडितलाई ३५ लाख दिएर करोड पचाउने योजना बनाएका थिए ।
अहिले शेर्पा पनि जेलमा छन् । डा. शेखर कोईराला देउवाको टीमवाट आफू वलियो आशमा छन् । गृहमन्त्री भएका वेला खाँड ठगी काण्डमा पक्राउ परेका हुन् । उनी आँफू पक्राउ परिएला भन्ने सोचेका थिएनन् । सरकारको क्षमताले भन्दा अमेरिका र अष्ट्रेलियन सरकारको दवावमा खाँड तत्कालिन गृहसचिव एमाले पार्टीका सांसद टोपवहादुर रायमाझी मात्र होइन नेपाल सरकारले पालेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत थुप्रै जेल परेका छन् । खाँडका पिए तेज राज पाण्डे, टोपवहादुर पूत्र सन्दीप, रामवहादुर थापाका सुरक्षा विज्ञ इन्द्रजीत राई लगायत जेलमा छन् । थापा पूत्र र राई फरार छन् । उनीहरु दूवै वैंककमा रहेका वताईन्छ । काँग्रेस खाँडलाई छुटाउने प्रयास गर्दैछ । देउवा पत्नी र खाँड पत्नी माथीको छानविन रोकिएको छ । यो प्रकरणमा केपी ओलीका पिए व्रजेश शाक्य, राजेस्वर स्थापित, अजय क्रान्ती शाक्यजस्ता केपीका दायाँवायाँका ठगहरु जोगिदै छन् । डा. शेखर कोईराला पार्टीको बैठक चल्दा चल्दै ठगी काण्डका नायक भेटन पुगेका छन् । उनको दाउ यो वेला खाँडलाई देउवाको कित्तावाट आँफूतिर ल्याउन सके तरुण दलको २ कार्यकाल अध्यक्ष भएर बनाएको संगठनको फाइदा लिन सकिने आश हुनसक्छ् । खाँड गृहमन्त्री छँदा मन्जु र डा. आरजुको जगजगी प्रहरीको सरुवा बढुवामा व्यापक अपराधी करण थियो । सरकारले पौरखी काम पनि गरेको छ । अदालतलाई धम्काउने काम भएको छ । कानूनमन्त्री धनराजले स्वर्गका मतदाता मार्फत आँफूलाई चुनाव जिताएका सरकारी वकिललाई न्यायधिस वनाए । ज्यानमारालाई संविधान दिवस पारेर जेल मुक्त गराए, भुटानी प्रकरणका नाईकेलाई जेल पठाउने न्यायधिसलाई काठमाण्डौवाट रुकुम सरुवा गरेर काँग्रेसी शासनको सन्देश दिदैछन् । काँग्रेसले गरेका अपराध कानून सम्वत माफी दिईन्छ भ्रष्टाचारीलाई जेल मुक्त गराईन्छ । त्यो कुरामा भारतीय शासक पक्षका विश्वासी डा. शेखर कोइरालाले सरकारको नेतृत्व काँग्रेसले लिनु पर्छ काँग्रेस एमाले मिल्नुपर्छ भन्दैछन् ।
माओवादी थिएन भने डा. शेखर संसद हुदैनथे । उनलाई आफ्नै भाइ डा. शशांक वहिनी सुजाताले साथ दिएका छैनन् । उनका विरुद्ध डा. शशाँक १५ औं अधिवेशनमा सभापति हुने लक्ष लिएर जिल्ला घुम्दैछन् । जारी केन्द्रीय समितिको बैठकले संसीरमा महासमिति बैठकको दिन र ठाउँ तोक्दैछ । तर डा. शेखरलाई जनताका छोराहरुलाई ठग्ने खाँडलाई भेट मन जागेछ । मानवीय नाताले नेता जेलका सहयात्री भेटन जेल पुग्नु नौलो होइन् । तर यहाँ भ्रष्टाचार र वेथिति विरुद्ध लाग्ने काम सरकारले गर्दा काँग्रेसका शुद्ध नेता डा. शेखरलाई असहिय भएको छ । डा. शेखर दक्षिणका विश्वास प्राप्त नै हुन् । जवकी नेका र माओवादीका वीचमा सरकार गठन सम्वन्धी संझौता गर्दा २÷२ वर्ष प्रधानमन्त्री बाँडने सहमति भएको कुरा डा. शेखरलाई थाहा छ । शेखर गुटका महामन्त्री गगन थापा लगायत नेता पनि वेला वखत सरकार विरुद्ध कूर्लेकै छन् । काँग्रेसका मन्त्री सिन्का भाँच्दैनन् । भ्रष्टाचार गरेकै छन् । खाँड पक्राउ पर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष पुगेर मन्जु र डा. आरजुलाई पनि नछाड भन्न पुगेका डा. शेखरकै प्यानलका नेता थिए । आफ्ना युवा नेतालाई संझाउन नसकेका डा. शेखर गृहमन्त्रीकै पद खोस्न सकृय छन् । शेरवहादुरको दवावमा भुटानी प्रकरणको अध्ययन गरीरहेका प्रहरी अधिकृतहरुको सरुवा गरियो । त्यो कुरा डा. शेखरलाई थाहा छ । गृहमन्त्री हटाउने दाउ देउवाको पनि थियो । काँग्रेसको वदनाम गर्न काँग्रेस नै हुन भन्ने कुरा डा. शेखरजस्ता वुझक्कडले कुर्लेका शव्दले छर्लँग वनाउँछ । जवकी काँग्रेस भित्र भष्मशुरहरु विरुद्ध ठूलो जमात छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल