Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहदरबारमा बधाईदिनेको ताँती

काठमाण्डौ, देशमा बाढीपहिरोले जनता आक्रान्त बनेको बेला दुई ठुला दलको संयूक्त सरकार गठन भएको छ । लोकतन्त्र स्थापना पछिको यो सरकार पहिलो भएको छ जुन सरकारका २१ जना मन्त्रिहरुले एकैपटक सफथ लिएर आफ्नो मन्त्रालय तहमा काम थालेका छन् । सत्ताको वरीपरी रमाउने नेपाली प्रबृतिलाई आज मंगलबार सिँहदरबारभित्र मन्त्रिहरुलाई बधाई दिनपुगेका पाटीका कार्यकर्ताहरुले स्मरण गराए ।
प्रधानमन्त्रि केपी ओलीले आफ्ना मन्त्रिहरुलाई आपसी समन्नय गरेर काम गर्न निर्देशन दिदै १ बर्षमा स्पस्ट देखिने ६ महिनामा संकेत आउने गरी काम गर्न अडर दिएका छन् । तर जनतालाई तत्काल कालो बजार र महंगी नियन्त्रण संगै भ्रष्टचारी माथि कारबाही हुने बिस्वास भने दिलाउन आबस्यक छ । यो सरकार जसरी गठन भयो त्यो अनुसार जातिय क्षेत्रिय प्रतिनिधित्व भएन । मन्त्रिमण्डलमा सहभागि गराईएका नयाँ अनुहारमा डा.आरजु देउवा,बिध्या भट्राई,प्रदिप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी ऐन बहादुर शाही, देबेन्द्र दाहाल, मानबिर राई र राजकुमार गुप्ता हुन । उनिहरुले जस्तोसुकै मन्त्रालय पाएपनि नितिगत रुपमा आफुले लिएको मन्त्रालय तहबाट गर्न सक्ने जनपक्षिय काममा सक्रिय हुन सकेभने प्रधानमन्त्रिले दिएको निर्देशन कुर्न आबस्यक छैन् । तर बधाई र शुभकामना लिन हप्तौ लगाएभने जनताको अपेक्षा पुरा हुने संकेत देखिदैन् ।