Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहदरबारमा मन्त्री मस्त, ठेकेदारले बोरा थाप्दा सडकमा खैलाबैला

काठमाण्डौ । गठबन्धन सरकारका मन्त्रिहरु कामभन्दा दाम कमाउन व्यस्त छन् भन्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयमा प्रवेस गराइएका ठेकेदार राजकिशोर यादबले चलाएको आतंकबाट पुष्टि हुन्छ । ठेकेदार यादवले मन्त्रि रेणु यादवको नाममा मच्चाएको घुस आतंकले सडकमा खैलाबैला मच्चिएको छ । रेणु मन्त्रि भएर आएपछि सचिव रविन्द्र श्रेष्ठ, महानिर्देशक अर्जुनजंग थापा समेतको परामर्शमा खटाइएका सुइ र डिइहरुलाई महिना दिननबित्दै बिभागमा तानिएको छ । उनिहरुलाई पुस ११ गते विभागमा तानिनुमा ठेकेदार राजकिशोर यादवले तोकेजति घुस कबोल गर्न नसक्नु हो । प्राप्त समाचार अनुसार ठेकेदार यादवले ती सुइ र डिइसँग मन्त्रिको नाममा पैसा मागेका थिए ।

उनले सडक निर्माणका बजेटको आधारमा ठेक्का लगाउँदा २५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म तत्काल रकम माग गर्दा दिन नसक्ने बताएका र काम सुरु गर्न नभ्याएका चार सुइ र आठ डिइहरुलाई बिभागमा तानेका छन् । मन्त्रि र ठेकेदारको चित्त बुझाउन नसकेबापत तानिएका प्राबिधिकहरुलाई आफैं सडक विभागमा बसेर कमाएका हालका सचिब श्रेष्ठले के भनेर मिलाउँछन् ? डिजि थापालाई भने आफ्ना सहयात्रिहरुमाथि परेको यो अन्यायका बारेमा चासो नहुन सक्दछ । किनकि उनि चार तारे झण्डाको आडमा इन्जिनियरहरुको साथमा रमाउने हाकिम हुन् । थापालाई आफ्ना कर्मचारीहरुको क्षमता र योग्यता थाहा हुनु पर्दछ । कर्मचारीहरुको कार्य अबधि एक बर्ष हुनु कानुनी पक्ष हो । तर, सडक विभागमा यस्तो कानुनको अर्थ हुँदैन् ।

ठेकेदारले चलाएको मन्त्रालयमा गुणस्तरको काम भन्दा पैसाको कुरा बढि महत्व हुन्छ । त्यहि मन्त्रालयको रेखदेख नहुँदा ठेकेदार सांसद हरिनारायण रजौरियाले बनाएको विष्णुमति र बागमतिको पुल अधुरै अवस्थाम छन् । रजौयिाले पैसा लैजाँदा सहयोग गर्ने थापानै सडकको महानिर्देशक छन् भने तत्कालिन महानिर्देशक रविन्द्रनाथ सचिव छन् । मन्त्रि रेणुको छायाँ मन्त्रि बनेका ठेकेदार राजकिशोर यादबले पैसा माग्दा जसपा अध्यक्ष उपेन्द्र यादवको नाम लिने गरेका छन् ।

देश बनाउने हो भने विकासको सुरुवात सडकबाट हुन्छ । तर, यस्ता मन्त्रि र सचिव भएको भौतिक मन्त्रालयको भ्रष्टहरुबाट कसरी देश बन्छ । पैसा बुझाएर जानेहरुले बनाउने सडकको गुणस्तर कस्तो हुन्छ ? आफ््नो पद बचाउन मात्र महानिर्देशक बनेका अर्जुनजङ थापाबिरुद्ध इन्जिनियरहरु र कर्मचारी संगठनहरुले आगो बाले भने मन्त्रि रेणुको पद समेत धरापमा नपर्ला भन्न सकिँदैन् । ठेकेदार यादब मन्त्रिका सहयोगी बन्न सक्छन्, तर आदेश दिने हैसियतका हुन सक्दैनन् । कानुनी रुपमा ठेकेदार यादबविरुद्ध सडकका इन्जिनियरहरुले आक्रोश पोखे भने जसपाले सो मन्त्रालयमा हालिमुहालि गर्न पाउने छैन । सचिब र महानिर्देशकहरुले पनि इन्जिनियरहरुको भिडमा शिर ठाडो गर्ने हैसियत राख्ने छैनन् ।