Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहदरबारमा मन्त्री मस्त, ठेकेदारले बोरा थाप्दा सडकमा खैलाबैला

काठमाण्डौ । गठबन्धन सरकारका मन्त्रिहरु कामभन्दा दाम कमाउन व्यस्त छन् भन्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयमा प्रवेस गराइएका ठेकेदार राजकिशोर यादबले चलाएको आतंकबाट पुष्टि हुन्छ । ठेकेदार यादवले मन्त्रि रेणु यादवको नाममा मच्चाएको घुस आतंकले सडकमा खैलाबैला मच्चिएको छ । रेणु मन्त्रि भएर आएपछि सचिव रविन्द्र श्रेष्ठ, महानिर्देशक अर्जुनजंग थापा समेतको परामर्शमा खटाइएका सुइ र डिइहरुलाई महिना दिननबित्दै बिभागमा तानिएको छ । उनिहरुलाई पुस ११ गते विभागमा तानिनुमा ठेकेदार राजकिशोर यादवले तोकेजति घुस कबोल गर्न नसक्नु हो । प्राप्त समाचार अनुसार ठेकेदार यादवले ती सुइ र डिइसँग मन्त्रिको नाममा पैसा मागेका थिए ।

उनले सडक निर्माणका बजेटको आधारमा ठेक्का लगाउँदा २५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म तत्काल रकम माग गर्दा दिन नसक्ने बताएका र काम सुरु गर्न नभ्याएका चार सुइ र आठ डिइहरुलाई बिभागमा तानेका छन् । मन्त्रि र ठेकेदारको चित्त बुझाउन नसकेबापत तानिएका प्राबिधिकहरुलाई आफैं सडक विभागमा बसेर कमाएका हालका सचिब श्रेष्ठले के भनेर मिलाउँछन् ? डिजि थापालाई भने आफ्ना सहयात्रिहरुमाथि परेको यो अन्यायका बारेमा चासो नहुन सक्दछ । किनकि उनि चार तारे झण्डाको आडमा इन्जिनियरहरुको साथमा रमाउने हाकिम हुन् । थापालाई आफ्ना कर्मचारीहरुको क्षमता र योग्यता थाहा हुनु पर्दछ । कर्मचारीहरुको कार्य अबधि एक बर्ष हुनु कानुनी पक्ष हो । तर, सडक विभागमा यस्तो कानुनको अर्थ हुँदैन् ।

ठेकेदारले चलाएको मन्त्रालयमा गुणस्तरको काम भन्दा पैसाको कुरा बढि महत्व हुन्छ । त्यहि मन्त्रालयको रेखदेख नहुँदा ठेकेदार सांसद हरिनारायण रजौरियाले बनाएको विष्णुमति र बागमतिको पुल अधुरै अवस्थाम छन् । रजौयिाले पैसा लैजाँदा सहयोग गर्ने थापानै सडकको महानिर्देशक छन् भने तत्कालिन महानिर्देशक रविन्द्रनाथ सचिव छन् । मन्त्रि रेणुको छायाँ मन्त्रि बनेका ठेकेदार राजकिशोर यादबले पैसा माग्दा जसपा अध्यक्ष उपेन्द्र यादवको नाम लिने गरेका छन् ।

देश बनाउने हो भने विकासको सुरुवात सडकबाट हुन्छ । तर, यस्ता मन्त्रि र सचिव भएको भौतिक मन्त्रालयको भ्रष्टहरुबाट कसरी देश बन्छ । पैसा बुझाएर जानेहरुले बनाउने सडकको गुणस्तर कस्तो हुन्छ ? आफ््नो पद बचाउन मात्र महानिर्देशक बनेका अर्जुनजङ थापाबिरुद्ध इन्जिनियरहरु र कर्मचारी संगठनहरुले आगो बाले भने मन्त्रि रेणुको पद समेत धरापमा नपर्ला भन्न सकिँदैन् । ठेकेदार यादब मन्त्रिका सहयोगी बन्न सक्छन्, तर आदेश दिने हैसियतका हुन सक्दैनन् । कानुनी रुपमा ठेकेदार यादबविरुद्ध सडकका इन्जिनियरहरुले आक्रोश पोखे भने जसपाले सो मन्त्रालयमा हालिमुहालि गर्न पाउने छैन । सचिब र महानिर्देशकहरुले पनि इन्जिनियरहरुको भिडमा शिर ठाडो गर्ने हैसियत राख्ने छैनन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल