Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिआइएको कोपभाजनमा महरा

काठमाडौं । भारतको विरोध गर्दै अमेरिकी पोल्टामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुभास नेम्वाङ, अमेरिकी सैन्य रणनीतिको चीनलाई घेर्ने मिलिनियम च्यालेन्स कर्पोरेशन परियोजना संसदबाट पारित गराउन टुप्पि कसेर लागेकै थिए । गएको असारमा सो परियोजनाबारे प्रस्ताव संसदमा दर्ता भएपछि तुरुन्त पारित गराउन प्रधानमन्त्रीले जोड गरेका थिए । ऊर्जा र भौतिक पूर्वाधारमा लगानी गर्ने गरी चुनावी सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकासँग सहमति गरिसकेको प्रसंग थियो यो । संसदमा अनुमोदन गर्नै पर्ने बाध्यता भएकाले ऊर्जा क्षेत्रमा गरिने लगानीमा भारतसँग पनि सहमति लिनुपर्ने प्रावधान सो परियोजनामा भएकाले नेपालका राजनीतिक दलहरुबीच आफ्नै ढंगका टिकाटिप्पणी भइरहेका थिए ।

चीनको स्वशासित क्षेत्र तिब्बतको मानवअधिकारको विषयलाई पनि त्यहाँ प्रस्तुत गरिएका कारण अन्तर्राष्ट्रिय कानुन सार्वभौम राष्ट्रका हैसियतले तत्कालन सो प्रस्ताव संसदबाट पारित हुनसक्ने परिस्थिति थिएन । यही विषयलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालले पनि अमेरिकी प्रस्तावमा प्रस्तुत भएका शर्तहरु हटाउनु पर्ने अडान राख्दै आए । उनीहरुको जोड संसदले भन्दा पार्टीले टुंगो लगाउन सचिवालयमा प्रस्ताव आउनुपर्छ भन्ने थियो । अमेरिका जाँदा इन्डो प्यासिफिक सहमति गरेर आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिष्ठाको विषय बनाएको यो प्रस्ताव पारित नहुँदा अमेरिका रिसाउँछ भन्दै नेताहरुको ढोका ढोका नचाहारेका होइनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखलाई बालुवाटार बोलाएर प्रक्रिया अगाडि बढाउन भनेका थिए । त्यो बेला सभामुख कृष्णबहादुर महराले भारत र चीनसँग सरोकार राखेर गराएको यो शर्त हटाएमा मात्र म प्रस्ताव अगाडि बढाउँछु भन्दा प्रम र सभामुखबीच भनाभन भएको थियो । यो राष्ट्रको मामिला हो, सार्वभौम सत्ताको प्रश्न हो, यथास्थितिमा पारित गर्नुपर्छ भने म सभामुख पदबाटै राजीनामा दिन्छु, महराले यसो भन्दा प्रधानमन्त्री ओलीले यो तपाईंको टाउको दुखाईको विषय होइन भनेर धम्क्याएका थिए । संसदमा प्रतिपक्षलाई ‘निम्छरो’ भनी गरेको अमानित शब्द हटाउन सभामुखले निर्देशन दिएपछि प्रधानमन्त्री ओलीको पारो तात्यो ।

त्यसपछि प्रम ओली सभामुख महराविरुद्ध सक्रिय रुपमा लागेको पुष्टि असोज ३ गतेको संविधानदिवसको दिन औपचारिक कार्यक्रममा सभामुखलाई नबोलाउनु, प्रमको लिखित तयारी भाषणमा सभामुखलाई सम्बोधन नगरिनुले पनि पुष्टि गर्दछ । सो दिन महरा आफ्नै निवासमा बसी असोज ४ गतेको चीन र किर्गिस्थानको भ्रमण तयारी गर्दै थिए । संसद समापन लगत्तै बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्रीले लिमिनियम च्यालेन्ज कर्पोरेशन परियोजना पारित नभएको हुनाले सदन असफल भएको धारणा राखेका थिए । त्यसले पनि कर्पोरेशनको पक्षमा जीवनमरणको लडाईं प्रम ओलीले बनाएका रहेछन् भन्ने देखायो ।

सभामखु महराले यो प्रस्ताव पारित गर्ने हो भने चिनियाँ राष्ट्रपतिको भ्रमण पछाडि पारित गरौं भन्ने सुझाव दिँदा पनि प्रधानमन्त्रीले चासो राखेनन् । जबकि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको आवश्यक तयारीका निम्ति सभामुखको हैसियतले चिन भ्रमणमा रहँदा महराको ठूलो योगदान थियो । मरहालाई सभामुख नबनाउन प्रारम्भदेखिनै नेकपाको ओली समूह नलागेको होइन । ओलीको जोड सुभाषलाई नै ल्याउनुपर्ने थियो । ओलीकै निर्देशनमा माओवादीभित्र महराका कमी कमजोरीका बारेमा खोजी शुरु भएको यही घटनापछि हो । उनको कमजोरीको कडी मानिएकी रोशनी शाही संसद सचिवालयमा थिइन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई यो कुराको सुइँको थियो । उनैमार्फत् सुभाष नेम्वाङ, प्रम केपी शर्मा ओलीसम्म रोशनी र महराको सम्बन्धबारे कुरो पु¥याइयो र यहाँ ओनसरी घर्ती मगर र वर्षमान पुनलाई योजना तयार गर्न सहभागी गराइयो । त्यसको तयारीका निम्ति वर्षमान पुन कैयौं दिनसम्म बालुवाटार आतेजाते गरे । सुभाष नेम्वाङ र उनीबीच रातको १२ बजेसम्म छलफल भयो । जुन दिन वर्षमान विदेश गए त्यही दिन रोशनी शाहीले आफू आत्महत्या गर्ने धम्की दिँदै महरालाई आफ्नो डेरामा उपस्थित गराइन् । संयोगवश त्यही दिन अमेरिकी राष्ट्रपति र नेपालका अर्थमन्त्रीबीच मिलेनियम च्यालेन्ज प्रतिवेदनमा सम्झौता गरियो ।

सो सम्झौता प्रतिवेदन नेकपाको सचिवालयमा छलफलका लागि ल्याउने सहमति नेताहरुबीच भए पनि ल्याइएन । चिनको निकट मानिएका महरालाई बढार्न सिआइएका एजेन्टहरु गगन थापा, अग्नि खरेल, उमा रेग्मी, वर्षमान पुन भित्रभित्रै लागे । पत्रकार अजयबाबु शिवाकोटीसँग उमा रेग्मीमार्फत् सम्बन्ध विस्तार गरियो । वर्षमान विदेश गए, नेम्वाङले संसदको महत्वका बारेमा महरालाई केही जानकारी नभएको बताए । चीन–अमेरिकी खेल मैदानमा महरालाई भकुन्डो बनाइयो, वर्षमान निकट कान्तिपुर दैनिकले ओनसरी घर्तीमगरलाई सभामुखका निम्ति प्रस्ताव गर्दै समाचार प्रवाह गर्न थाल्यो । यसको लागि वर्षमानका निकट सम्पादक सुधिर शर्मा प्रयोग भए, हुनसक्छ अब ओनसरी घर्तीलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै डिजाइनमा सभामुख पदको प्रस्ताव गरिँदैछ, वर्षमानले ऊर्जा मन्त्रालय छाड्नेछन् ।

विवादास्पद अभिव्यक्ति दिने महिलाको विषयलाई लिएर अमेरिकी डिजाइनमा चल्ने संस्थाहरुले विज्ञप्ति प्रकाशित गर्नु अर्को अनौठो विषय हो । किनकि बालिका खड्का बलात्कारका विषयबारे नबोल्ने पूर्व एमालेको महिला संघ, मानवअधिकार आयोग, महिला अधिकारवादी समूहहरुको हैसियत पनि यहाँ देखियो । यसमा यसमा माइतीघर मण्डलाको जमघट सुभाष नेम्वाङ, अग्नि खरेलको सक्रियता, ओलीको डिजाइनमा थियो भन्दा फरक पर्दैन किनकि प्रम ओली इन्डो प्यासिफिक क्रिश्चियानिटीको प्रसाद ग्रहण गरेर एक लाख डलरको पुरस्कार तीन रात सोल्टीम होटलमै बसेर लिने घनघोर राष्ट्रवादी हुन् ।

०४७ सालदेखि रोशनीका श्रीमान चित्रजंग शाही महराको घरमा डेरागरी बस्थे । त्यही बेला महराले चित्रजंग र रोशनीबीच विवाह गराइदिएका हुन् । ओनसरी घर्ती सभामुख भएका बेला रोशनीलाई करारमा जागिर लगाइएको थियो । महरालाई फसाइयो, तेरो नाममा आत्महत्या गर्छु भनेर धम्की नदिएको भए, महरा रातारात उनको डेरामा पुग्ने थिएनन्, जबकि रोशनी केटी भनेपछि हुरुक्क हुने शक्ति बस्नेतहरुसँग पनि निकट थिइन् । माओवादीवादीको वाइसिएलले रोशनीको कोठामा एक मधेशी युवालाई राम्रै मर्मत गरेर खेदेको धेरे भएको छैन । रोशनीको मोह मादक पदार्थतिर रहेको उनको निकटहरुले बताउँछन् ।

चित्रजंग शाही शक्ति बस्नेत गृहमन्त्री हुँदा पिए थिए, आफ्नै श्रीमतीको बानी व्यहोरा थाहा पाएका शाहीले समेत पार्टीका वरिष्ठ नेताहरुको प्रतिष्ठा कहाँ कतिबेला कसले भताभुंग बनाइदिन्छ भन्ने याद गरेको भए यो षड्यन्त्र सफल हुने थिएन ।  यसैबीच, पीडित भनिएकी महिला रोशनी साहीले असोज २४ गते एक विज्ञप्ति जारी गर्दै आफू र सभामुखमाथि षड्यन्त्र भएको बताएकी छिन्, उनको विज्ञप्ति यस्तो छ: 


सम्बन्धित समाचार